धरान: एक साताअघि खोटाङमा भीरबाट खसेर मृत्यु भएका पत्रकार एवं सामाजिक व्यक्तित्व किसन राईको गृहनगर धरानमा अन्त्येष्टी गरिएको छ । 

उनको जातीय परम्परा अनुसार आज शनिबार दिउँसो धरान १५ स्थित साकेला पार्क क्षेत्रमा अन्त्येष्टी गरिएको हो । उनको आजै वीपी प्रतिष्ठानमा पोष्टमार्टम गरिएको थियो भने अन्त्येष्टी अघि साकेला पार्कमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । 

उक्त श्रद्धाञ्जली कार्यक्रममा परिवार, किरात वायुङ राईहरुको संस्था, किरात राई यायोक्खा सुनसरी, पत्रकार महासंघ सुनसरी, हङकङस्थित नेप्लीज युथ अर्गनाइजेसन, धरान हङकङ मञ्च, निजी विद्यालयहरुको संस्था, आफन्तजन तथा वडा १५ का स्थानीयबासीहरुले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    

पश्चिम भ्रमण सकेर धरान फर्कने क्रममा कार्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ स्थित पंखु खोला भीरबाट पत्रकार राई खसेका थिए । गाडीमा साथीहरुसँग फर्किरहेका राई पंखु खोला भीरमा दिशा गर्न गएको बेला भीरबाट खसेको बताइएको छ । साँझ करिब ५ बजेतिर भीरबाट करिब २ सय मिटर तल खसेका राईको शव राती करिब १० बजेतिर मात्र प्रहरीले फेला पारेको थियो ।

kisan-dai3

मृतक राई धरानबाट हङकङ गएर दुई दशकयता पत्रकारिता गरिरहेका थिए । उनी प्रकाशक तथा सम्पादक रहेको नेपाली भाषाको साप्ताहिक पत्रिका एभरेष्ट दुई दशकदेखि निरन्तर प्रकाशन भइरहेको छ । यो पत्रिका विदेशी भुमिबाट लामो समय प्रकाशन हुने एक मात्र पत्रिका हो । मृतक राई नेपाल पत्रकार महासंघ हङकङको अध्यक्ष पनि थिए । साथै उनी नेपाल आदिबासी जनजाति महासंघ हङकङको अध्यक्ष, एनआरएनए हङकङको उपाध्यक्षलगायत संघसंस्थाहरुको नेतृत्वदायी भुमिका पनि निर्वाह गरेका थिए । हालै मात्र उनलाई हङकङ सरकारले सम्मान गरेको थियो भने नेपाल सरकारले पनि उनलाई पदवीबाट बिभुषित गरेको थियो ।

kisan-dai5

kisan-dai4

kishan-dai1

kishan dai2

kishan dai3

kisan-dai1

kisan-dai6

kisan-dai8

kisan-dai14

kisan-dai13

kisan-dai15

kisan-dai-16

kisan-dai17