धरान: प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजिनामा घोषणा गरेका प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखसमक्ष राजिनामा पत्र बुझाएका छन्।

मुख्यमन्त्री आचार्यले प्रदेश सभा बैठकमा राजिनामा घोषणा गरिसके पछि प्रदेश प्रमुख सोमनाथ प्यासीसमक्ष पुगेर राजिनामा पत्र बुझाएका हुन् । आचार्यले प्रदेश प्रमुखलाई बुझाएको राजिनामा पत्रमा ठुलो दल भएता पनि एकल बहुमतको अवस्था नरहेको कारण आजैको मितिदेखि लागु हुने गरि राजिनामा गरेको उल्लेख गरेका छन् । 

प्रदेशको आवश्यकता र जनताको चाहना यो सरकारको निरन्तरताको पक्षमा भएपनि अहिलको जनभावना र प्रदेशसभाको अंकगणित फरक पर्न गएको पनि मुख्यमन्त्री आचार्यको पत्रमा उल्लेख छ । संविधानको मर्म र भावना प्रतिकुल हुने गरि अध्यादेश ल्याएर पार्टी तोडफोड र विभाजन गर्ने कामहरु भएको पनि उनले पत्रमा उल्लेख गरेका छन् ।

cm-rajinama-letter