धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा संस्थापन इतर समुहका सुजेन्द्र तामाङको प्यानल विजयी भएको छ । 

धरान ८ सभागृहमा सम्पन्न क्षेत्र नं १ निर्वाचनको मतगणनाको मतपरिणाम अनुसार पौडेल कोइराला समुहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको छ । खसेको कुल मत गणना सम्पन्न हुदा तामाङले ३९३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी उम्मेदवार लक्ष्मी खतिवडाले २१५ मत मात्र पाएर पराजित भए । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाए। 

यसैगरि, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्धय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत पाए । यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्धय नविन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भए । 

congress-result 1