धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति सभापतिमा सुजेन्द्र तामाङको जित सुनिश्चत भएको छ । 

धरान ८ सभागृहस्थित मतदान केन्द्रमा जारी मतगणनामा ५ सय मतको परिणाम सार्वजनिक हुँदा उनले प्राप्त गरेको मतले जित सुनिश्चित भएको हो । हालसम्मको मतगणनाको परिणाम अनुसार संस्थापन इतर समुहका सभापतिका उम्मेदवार तामाङ प्रतिस्पर्धी उम्मेदवार लक्ष्मी खतिवडाभन्दा १५३ मतले अगाडि छन् । तामाङले ३२३ मत पाएका छन् भने संस्थापन देउवा समुका उम्मेदवार खतिवडाले १७० मत पाएकी छिन् । अब ११९ मतको परिणाम आउन मात्र बाँकी रहेकोले सभापतिमा तामाङको जित सुनिश्चित भएको हो ।

यसैगरि, तामाङ प्यानलका सचिव उम्मेदवार महेन्द्र प्रधानले ३०२ र केशव पुरीले २५६ मत पाएका छन् भने खतिवडा प्यानलका सचिव उम्मेदवारद्धय देवेन्द्र लिम्बुले २३७ र जयबहादुर लिम्बुले १३८ मत पाएका छन् । यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३०४ र सुमित राईले ३१२ मत पाएका छन् भने खतिवडा प्यानलका उम्मेदवारद्धय नविन ढकालले १३९ र नादर राईले १५८ मत पाएका छन् ।