धरान: यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेको धरानको नेशनल एकेडेमीमा आईएसओ सम्बन्धी सचेता कार्यक्रम भएको छ । 

२०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको नेशनल एकेडेमीले विद्या सागर स्कुलसँग मर्ज प्रक्रिया अगाडि बढाए संगै पहिलो पटक आईएसओ सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम पनि यसै साता गरेको थियो । उक्त तालिम लगत्तै पहिलो चरणको आईएसओ सचेतना तथा अभिमुखीकरण कार्यक्रम एकेडेमीले गरेको हो । 

national1 1

स्कुलमा आईएसओ पहिलो आन्तरिक अडिटको क्रममा यो कार्यक्रम १ दिनको राखिए पनि शुक्रबार र शनिवार २ दिनसम्म भएको थियो । स्कुलमा पहिलो आन्तरिक अडिट पुष ७ गतेबाट शुरु भएको थियो । सचेतना कार्यक्रम आईएसओका कन्ट्री मेनेजर ध्रुव शर्माले गरेका थिए भने पहिलो आन्तरिक अडिट जीवन शर्माको सहकार्यमा भएको थियो । सो अभिमुखीकरण तथा सचेतना कार्यक्रममा स्कुलका अध्यक्ष समुन्द्र राई, सिईओ देब सुब्बा, प्रिन्सिपल श्रीशिशा राई, विभिन्न विभाग प्रमुखहरु, स्कुलका सबै कर्मचारी र शिक्षकहरु सक्रिय रुपमा सहभागिता जनाएका थिए । 

national3

कक्षा १२ सम्म मन्टेश्वरी विधि र स्कुललाई अन्तराष्ट्रिय मापदण्डमा संञ्चालन गर्ने उद्देश्यले यो काम थालिएको स्कुलका सिईओ देब सुब्बाले बताए । प्रिन्सिपल श्रीशिसा राईले यसले शिक्षा क्षेत्रमा नयाँ उपलब्धी हासिल हुने बताए । मन्टेश्वरी आधुनिक शिक्षण विधि र आईएसओ सम्बन्धी निरन्तर कार्यक्रम हुने स्कुलका अध्यक्ष श्रीमती समुन्द्र राईले बताइन् । प्लस टु संञ्चालन गरिरहेको स्कुलले विद्या सागरसँग मर्ज गर्ने प्रक्रियासंगै मन्टेश्वरी देखि कक्षा १२ सम्म पढाई संञ्चालन गरिरहेको छ । 

national2 1

national5

national4