धरानः नयाँ वर्ष २०२२ को अवसरमा धरान ८, बरगाछी स्थित देव ट्रेडर्स होण्डा शोरुम धरानले पुष १८ गतेदेखि २३ गतेसम्म होण्डा बोनस एक्सचेन्ज अफर ल्याएको छ।

एक्सचेन्जमा बोनस बापत कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी होण्डाको दुईपांङ्ग्रे सवारी खरिद गर्दा ग्राहकहरुले मुल्यांकन बोनस बापत ७ हजार सम्म थप भ्यालु पाउन सक्ने मोटर्सका सञ्चालक देवेन्द्र कुंवरले जानकारी दिए । “होण्डाको एक्सचेन्जमा ग्राहकहरूले मुल्यांकन बोनस बापत ७ हजार सम्म थप भ्यालु पाउन सक्नेछन् । मोटरसाइकल तथा स्कुटर चलाउदा सजिलो र आरामदायी हुने ग्राहकहरुको प्रत्यक्ष अनुभव अघिल्ला एक्सचेन्जबाट प्राप्त भएको छ,” कुंवरले भने, “उक्त अनुभवका लागी शोरुमले भर्खरै मात्रै बजारमा आएको र ग्राहकहरूले अत्याधिक रुचाएको एफ आइ भर्सनको ग्राजिया स्कुटरको टेस्ट राइड कार्यक्रम समेत राखेको छ ।”

ग्राहकहरुले एक्सचेन्जमा ल्याउने पुरानो मोटरसाइकल वा स्कुटर नेपाल सरकारको नियमानुसार लाग्ने कर पूर्णरुपमा चुक्ता भएको र चालु अवस्थामा रहेको हुनुपर्ने कुंवरले बताए । नेपालमा होण्डाको स्कुटर सेग्मेण्टमा डिओ, ग्राजिया र मोटरसाइकल सेग्मेण्टमा सी. बी. साइन, एस. पी. साइन र युनिकर्न प्रख्यात रहेको उनले जनाए । बलियो इन्जिन र राम्रो माइलेजको लागि परिचित होण्डाका मोटरसाइकल तथा स्कुटरहरु विश्वभरी सबैभन्दा धेरै बिक्री हुने गरेको उनले दाबी गरे ।