धरान: धरान ८ स्थित रेडियो स्टेशन ठिक उत्तरतर्फको ठुलो क्षेत्रफलमा जग्गा लामो समय न घर बन्यो, न किनबेच भयो । तीनकुने सुन्दर वस्ती विकास आयोजना नाम दिइए पनि त्यहाँ न वस्ती विकास भयो, न अन्य कुनै संरचना नै बने । कहिले खाली मैदान त कहिले घाँसले भरिने उक्त आयोजना वेवारिस झै देखिनुको कारण थियो, बसपार्क विवाद । 

स्थानीय जग्गाधनीहरुले बसपार्क निर्माण हुने भनेपछि आयोजनालाई जग्गा दिएका थिए । बसपार्कको लागि आवश्यक जग्गा स्थानीयले निःशुल्क दिएका हुन् । तर, राजनीतिक खिचातानी र विवादको कारण बसपार्क उक्त आयोजनाभित्र भानुचोकको बसपार्क स्थानान्तरण होला कि नहोला भन्ने आशंका जग्गाधनीलाई भयो । अझ उपमहानगरका केही कर्मचारीहरुले जग्गा किनेको र सुविधाजनक ठाउँमा राखेको भन्दै वास्तविक जग्गाधनी विरोधमा उत्रिए । यस्तै विवादले डेढ दशकसम्म आयोजना र बसपार्कको योजना अलपत्र भयो । आयोजनामा बसपार्क बन्छ भन्ने आशा पनि मदै गएको थियो । 

smart-buspark1

तपाई अहिले उक्त ठाउँमा पुग्नु भयो भने दंग पर्नुहुनेछ किनभने, आयोजना क्षेत्रमा धमाधम स्मार्ट बसपार्कको निर्माण कार्य भइरहेको छ । स्थानीयबासी पनि खुशी छन् । आयोजनाको लागि स्थानीयबासीले डेढ बिघा जग्गा निःशुल्क दिएका हुन् । बसपार्क निर्माणको लागि सुनसरीकै दुहबीस्थित बिकोइ गिताञ्जली जेभीले ठेक्का पाएको छ । यो कम्पनीले भ्याट विना २० करोड १८ लाख ४६ हजार १३१ रुपैयामा ठेक्का पाएको थियो । ठेकेदार कम्पनीका बसपार्क प्रोजेक्ट इञ्चार्ज तथा प्रोजेक्ट मेनेजर धर्मेन्द्र यादवले २०८१ असार ३० गतेभित्र निर्माण कार्य सक्नुपर्ने सम्झौता भएको बताए । 

dharan-smart-buspark

उनका अनुसार अण्डरग्राउण्ड बेसमेन्टसहित अढाई तले भवनको काम भइरहेको छ । त्यहाँ बेसमेन्टमा साना सवारीहरु पार्किङ रहनेछ । पहिलो ग्राउण्ड फ्लोरमा टिकट काउन्टरको संरचना हुनेछ भने पहिलो तलामा होटल, कफि हाउसलगायत रहनेछ । भवन निर्माण भइसके पछि बाटो, गाडी पार्किङ, यात्रु प्रतिक्षालय लगायत संरचनाहरु पनि निर्माण हुने उनले बताए । 

भिडियो:

smart-buspark4

smart-buspark2

smart-buspark3

smart-buspark5

smart-buspark6