धरान: तीन दिने धरान डे उत्सव विविध कार्यक्रमहरु आयोजनासँगै बिहिबार समापन भएको छ । 

अन्तिम दिन बिहिबार मनोरञ्जनात्मक लोक जुवारी कार्यक्रम आयोजना भएको थियो भने रस्सी तान प्रतियोगिता पनि भएको थियो । लोक जुवारीमा धरानका विभिन्न समुहहरुको सहभागिता रहेको थियो । कलाकारहरुको टोलीले विभिन्न भाकामा लोक जुवारी पस्किएर धरान डे उत्सवलाई मनोरञ्जन दिलाए । लोक जुवारी चलिरहदा धरानका मेयर तिलक राईसहित जनप्रतिनिधिहरु पनि छमछमी नाचेका थिए ।

भिडियो:

 यस्तै, रस्सी तान प्रतियोगितामा पुरुषतर्फ झुनाज फिटनेसको टोली विजेता भयो भने संघीय प्रहरी ईकाई कार्यालय धरानको टोली उपविजेता भएको थियो । विजेताले ४ वटा लोकल कुखुराको भाले र उपविजेताले २ वटा भाले पुरस्कार पायो भने मेयर तिलक राईले विजेतालाई ५ हजार र उपविजेतालाई ३ हजार नगद पुरस्कार पनि दिने घोषणा गरे । 

यसैगरि, रस्सी तानमा महिलातर्फ संघीय प्रहरी इकाई कार्यालयको टोली विजेता भयो भने झुनाज फिटनेसको टोली उपविजेता भयो । विजेताले ३ वटा भाले र उपविजेताले २ वटा भाले पुरस्कार पाएको थियो । महिलातर्फ पनि विजेताले नगद ५ हजार र उपविजेताले ३ हजार थप पुरस्कार दिने मेयर राईले घोषणा गरे । विजेताहरुलाई मेयर राई, संघीय प्रहरी इकाई कार्यालयका प्रमुख एवं एसएसपी गोविन्द साहले पुरस्कार वितरण गरेका थिए । एसएसपी साहले प्रहरीको विजेता र उपविजेता टोलीलाई थप १५ हजार पनि नगद हस्तान्तरण गरेका थिए ।

भिडियो:

धरान सहर स्थापनाको १२१ औं बर्ष पुगेको अवसरमा धरान डे उत्सव आयोजना गरिएको हो । धरानले पुष २० गतेलाई धरान सहर स्थापना दिवस मनाउदै आएको छ । तीन दिन अवधिमा सांगीतिक, साँस्कृतिक कार्यक्रम, खेलकुद, बहुभाषिक कविता गोष्ठी, धरानको पर्यटनबारे गोष्ठीलगायत कार्यक्रमहरु पनि आयोजना गरिएको थियो । व्यापारिक, खानाका परिकारहरु, स्वास्थ्य शिविर, कृषि उत्पादनलगायनतको स्टलहरु थिए । विभिन्न जातीय संघसंस्थाहरुले मौलिकता झल्कने गरि राखेको स्टलहरु धरान डे उत्सवको आकर्षंण भएको थियो ।

भिडियो:

 

भिडियो:

dharan-day-last17

dharan-day-last15

dharan-day-last18

dharan-day-last12

dharan-day-last19

dharan-day-last20

dharan-day-last13

dharan-day-last2

dharan-day-last3

dharan-day-last4

dharan-day-last5

dharan-day-last8

dharan-day-last7

dharan-day-last9

dharan-day-last6

dharan-day-last10

dharan-day-last14

dharan-day-last11