धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलको आर्थिक प्रशासनमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

धरान उपमहानगरपालिकाको निर्णय विपरीत ४० प्रतिशत शुल्क बढाएको विष्णु स्कुलले समायोजन गर्न नमाने पछि संयुक्त विद्यार्थी संगठनले आज आइतबार आर्थिक प्रशासनमा ताला लगाएको हो । त्यसअघि विद्यार्थी संगठन र स्कुल प्रशासनबीच वार्ता भएको थियो । उक्त वार्तामा विद्यालय प्रशासनले ३० प्रतिशत मात्र मात्र शुल्क झार्ने बताएको थियो । माग पुरा नभएसम्म ताला नखोलिने विद्यार्थी नेता बुद्रोस लिम्बुले बताए ।

उपमहानगरपालिकाको निर्णय विपरीत विद्यालयले शुल्क वृद्धि गरेको भन्दै १ सय बढी अभिभावकहरुले उपमहानगरपालिकाको शिक्षा महाशाखामा उजुरी दिएका थिए । विद्यार्थी संगठनहरुले पनि स्कुल प्रशासनलाई शुल्क समायोजन गर्न पटक पटक आग्रह गरेको थियो भने शिक्षा महाशाखालाई पनि अनुगमन र कारबाही गर्न ध्यानाकर्षण गरेको थियो ।

 bishnu