धरान: नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ । 

पार्टी कार्यालय इनरुवामा जारी मतगणनामा १५ सय मतको परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार अध्यक्ष पदका उम्मेदवार रेवतीरमण भण्डारीले निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेलसँगको मतान्तर बढाउदै लगेका छन् ।

१५ सय मत गणना हुँदा भण्डारीले १२० मतको अग्रता लिएका छन् । उनले ७६१ मत पाएका छन् भने पो्रखेलले ६४१ मत पाएका छन् । अर्का उम्मेदवार द्धारिकलाल चौधरीले ७२ मत पाएका छन् ।