धरान: नेकपा एमाले सुनसरीको जिल्ला सदस्यहरुको निर्वाचनको मतगणनामा धरान भुगोलको गणना सकिएको छ । 

इनरुवास्थित पार्टी कार्यलयमा शुक्रबार साँझ सकिएको सदस्यहरुतर्फ धरान भुगोलको मतगणना सकिएको हो । धरानको भुगोलतर्फ ७ जनाको कोटामा १५ ले उम्मेदवारी दिएका थिए । ती मध्ये ऋषिराज राईले सर्वाधिक ११२० मत पाउदै निवार्चित भएका छन् । यस्तै, नारायण सुवेदीले १००७, मीनकुमार सुब्बा ९४१, राजमणी निरौलाले ९१४, हेमराज सुवेदी ९००, जयन्त गौतम ८३८ र नरेश इवारम ७९३ मतका साथ निवार्चित भएका छन् ।

पराजित उम्मेदवारहरु रेवतीरमण राईको ७६६ मत, नेत्र काफ्लेको ७६४ मत, प्रेमकुमार राईको ६१० मत, गोविन्द महतको ५४५ मत, चन्द्र सुवेदीको ५०४ मत, सन्तोष कोइरालाको ६२१ मत, सुवास पौडेलको ५७४ मत र संग्रामसिंह लिम्बुको ४३९ मत छ ।

यस्तै, धरान भुगोल महिलातर्फ ३ जनाको कोटामा ४ जनाको उम्मेदवारी परेको थियो । ती मध्ये सविता राईले सर्वाधिक १२०५ मतका साथ निवार्चित भएकी छिन् भने इन्द्रकला राई ११६९ मत र लिला राई ११६३ मतका साथ विजयी भएकी छिन् । पराजित उम्मेदवार यशोधा कायस्थले ९७१ मत पाएकी छिन् ।