धरान: बिहिवार नेपाली नयाँ बर्ष २०७९ को पहिलो दिन अर्थात बैशाख १ गते नेपालकै चर्चित गायक राजेश पालय राई धरानको लुकुवा फेमिली रिसोर्टमा झुल्किए । उनले  लुकुवाबाट नयाँ बर्ष २०७९ को पहिलो सांगीतिक प्रस्तुतीको शुरुवात पनि गरे । 

  उनले मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो भन्दै स्टेजमा प्रवेश गरेका थिए । त्यसपछि उनले झण्डै २ घण्टा धराने दर्शकहरुलाई गीत, संगीतको नशामा झुलाए । राती करिब नौ बजे स्टेज उक्लिएका राईले दुई घन्टा संगीत पारखीहरुलाई मनोरञ्जन दिलाएका थिए । राई इज किंगले दर्शन नमस्ते , नाइँ नभन्नु ल , मलाई पनि अंग्रेजीमा , टल टल , सायारेम, दुई चुल्ठी बाट्नेलाई, हुरुक्कै भए म लगायतका डेढ दर्जन आफ्ना चर्चित गीतहरु पस्किए ।

lukuwa1

प्रस्तुती सके पनि उनलाई वान्स मोरको बर्षा भइरहे पनि आफ्ना फ्यानहरुलाई निराश बन्न दिएनन् । उनले उनले लगातार आफ्ना पुराना र नयाँ चर्चित गीतहरु पस्किए । धरानबाट यो बर्षको कन्सर्ट शुरुवात गरेका गायक राई अब रोमानिया, सिक्किम, बेलायत, अमेरिका र क्यानडामा म्युजिकल टुरमा जाने बताए । 

तस्बिरहरु: प्रशान्त श्रेष्ठ