धरान: गठबन्धनबाट धरानको उपमेयरमा माओवादी केन्द्रले अइन्द्र बिक्रम बेघालाई उम्मेद्वार बनाएको छ । 

गठबन्धनको भागवण्डामा धरानको मेयर कांग्रेसले पाएको छ भने उपमेयर माओवादी केन्द्रले पाएको छ । आज उम्मेद्वारीको अन्तिम दिन माओवादी केन्द्रले बेघालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रका धरान अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बेघाले टिकट पाएको पुष्टि गरे । उम्मेद्वारको लामो रस्साकस्सीबीच बेघाले उपमेयरको टिकट पाएका हुन् । 

माओवादी केन्द्रको बहुमत सदस्यहरुले भने उपमेयरमा फोक्वाहाङ सुब्बा (चोत्लुङ)लाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । आकांक्षीहरु धेरै भएपनि दर्जन बढी अन्यको नाम पनि केन्द्रमा सिफारिश भएको थियो । ती मध्ये बेघाले टिकट पाएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि माओवादी केन्द्रबाट मेयरमा उठेका थिए । त्यसबेला उनी तेस्रो भएका थिए ।