धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज पदभार ग्रहण गरेका छन् ।

धरान उपमहानगरपालिकामा बिहान करिब १० बजे आफ्नो कार्यकक्ष प्रवेश गर्दै मेयर राईले पदभार ग्रहण गरेका हुन् । आफ्ना शुभेच्छुक तथा समर्थकहरुसहित पुगेका राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न अध्ययन गरि सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख छन् । 

harka-sampang-padvar2

यस्तै, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य रहनेछ्न । उक्त कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि सुझाव दिने मेयर राईले जानकारी दिए । 

पदभार ग्रहण गरेपछि मेयर राई पब्लिक स्कुलको मैदानमा पुगेका थिए । त्यहाँ उनका समर्थक, शुभेच्कुछ तथा दातदाताहरु भेला भएका थिए । स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ समुहबाट उपमेयरका उम्मेद्वार दत्तकुमार लिम्बु र विभिन्न वडामा वडाअध्यक्ष उम्मेद्वारलाई सम्मान पनि गरिएको थियो । त्यसपछि धन्यवाद ज्ञापनको विशाल र्याली निस्किएको थियो ।

भिडियो:

 

IMG_9375

harka-sampang-padvar7

harka-sampang-padvar6

harka-sampang-padvar5

harka-sampang-padvar4

harka-pad4