धरान: धरानका नवनिवार्चित उपमेयर अइन्द्रबिक्रम बेघाले आफ्नो पदभार ग्राहण गरेका छन् ।
सोमबार दिउँसो सपथ ग्रहण गरिसकेपछि बेघाले उपमहानगरपालिकाको कार्यकक्षमा प्रवेश गरेर पदभार ग्रहण गरेका थिए । उनले पदभार ग्रहण गरेसँगै असहाय, अशक्त, महिला तथा बालबालिका र अपांग वर्गको लागि शिघ्र इजलास सञ्चालन गर्ने पहिलो निर्णय पनि गरेका छन् । न्यायिक समितिमा त्यस्ता वर्गलाई द्रुत सेवा दिनको लागि यस्तो निर्णय गरिएको हो ।
उपमेयर बेघाले निवेदकले निवेदन दिनेबित्तिकै विपक्षीलाई झिकाएर इजलाशमा पेश गर्ने निर्णय गरेका छन् । यसले असहाय, अशक्त, महिला तथा बालबालिका र अपांग वर्गलाई द्रुतरुपमा न्याय मिल्ने अपेक्षा गरिएको छ । स्थानीय तहमा हुने न्यायिक समितिको प्रमुख उपमेयर हुने कानुनी प्रावधान छ ।
उपमेयर बेघाले समग्र धराने जनताको लागि विकास निर्माण, सेवा प्रवाह निष्पक्षरुपमा गर्ने बताए । सबै जनताको भावना जोडेर विकास निर्माणमा आग्रह वा पुर्वाग्रह नराख्ने पनि उनले बताए । सबैको सल्लाह, सुझाव लिएर अघि बढ्ने भन्दै उनले सबै धरानका जनताले आफ्नो जित भएको महशुस हुन गरि काम गर्ने प्रतिवद्धता पनि जनाए ।
उपमेयर बेघाले समग्र धराने जनताको लागि विकास निर्माण, सेवा प्रवाह निष्पक्षरुपमा गर्ने बताए । सबै जनताको भावना जोडेर विकास निर्माणमा आग्रह वा पुर्वाग्रह नराख्ने पनि उनले बताए । सबैको सल्लाह, सुझाव लिएर अघि बढ्ने भन्दै उनले सबै धरानका जनताले आफ्नो जित भएको महशुस हुन गरि काम गर्ने प्रतिवद्धता पनि जनाए । साथै उनले खानेपानीको समस्या हल गर्न सर्दु र खर्दुको बीचमा पानीको चेकड्याम बनाउने, पानीको संरचना व्यवस्थित गर्ने र थप स्रोत व्यवस्थापन गरेर पानी उपलब्ध गराउने अभियानमा सरिक हुने पनि बताए ।