धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) ले सपथ ग्रहण लिएका छन् ।

मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधिश कैलाश सुवेदीले सपथ ग्रहण गराएका छन् । इनरुवामा आज बिहान नवनिवार्चित मेयर साम्पाङलाई न्याधिश सुवेदीले सपथ ग्रहण गरएका हुन् । मेयर साम्पाङ सपथ ग्रहण समारोहमा दौरा सुरुवालमा पहिरनमा गएका थिए ।

अब मेयर साम्पाङले धरानमा उपमेयरसहित वडामा निवार्चित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।