धरान:घोपा बचाउ आन्दोलनको मागहरुलाई सम्बोधन गर्नको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले वार्ता टोली गठन गरेको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सेभ घोपा क्याम्पका अभियन्ताहरुलाई सम्बोधन गर्दै वार्ताको लागि आह्वान गरेका छन् । साथै, साहले उपकुलपतिको निर्देशनमा वार्ताको लागि ५ सदस्यीय वार्ता टोली गठन भएको पनि जानकारी दिएका छन् । निर्देशक साहले वार्ताको लागि सेभ घोपा क्याम्प अभियानलाई पनि ५ जनाको वार्ता टोली गठन गरेर आउन आह्वान गरेका छन् ।

यता, सेभ घोपा अभियानका प्रमुख अभियन्ता सुदन गुरुङले भने पदाधिकारीहरु विनाको वार्ता टोलीसँग वार्तामा बस्नुको औचित्य नहुने प्रतिक्रिया दिएका छन् । उनले उपकुलपति विनाको वार्ता टोलीसँग वार्ता नहुने पनि प्रष्ट पारे । उनले भने,‘वार्ता टोलीमा पदाधिकारी छैनन् भन्ने कुरा आएको छ । निर्णयकर्ता चाहिन्छ । भिसि नै हुनुपर्छ । अरुसँग वार्ता हुदैन ।’