धरान: सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै धरानमा सञ्चानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं बार्षिक उत्सव धुमधामकासाथ मनाएको छ । 

उत्सवको अवसर पारेर कलेजले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको पनि आयोजना गरेको थियो । कलेजका डाइरेक्टर अनिल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि धरान उप महानगरपालिकाका उप प्रमुख आइन्द्र बिक्रम वेघा रहेका थिए । उक्त उत्सवमा विभिन्न विधामा छनौट भएका बिद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो । 

prime

 कलेजले 'स्टुडेन्ट अफ द इयर' बाट मेला राईलाई सम्मान गरिएको थियो भने 'हस्पिटालिटि साईनिगं स्टार' को सम्मान एलिना राई पाइन् । यसैगरि बिद्यार्थीको छनौटबाट 'बेष्ट टिचर अफ द इयर' को उपाधि होटल म्यानजमेन्ट तर्फ संगीत सिग्देलले पाएका थिए भने नवराज बिष्टले कमर्सबाट उपाधि हासिल गरेका थिए । त्यस्तै 'वेष्ट ईम्प्लोई अफ द इयर' रोस्मिता श्रेष्ठले पाएकी थिइन् । 

उक्त कार्यक्रममा कलेजले आफ्ना शेयर सदस्यलाई ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं उपमेयर बेघाले धरानको शैक्षिक अभियानमा प्राईम भिजन कलेजको महत्वपूर्ण योगदान रहेको भन्दै यसलाई उच्च सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा इलाका प्रशासन कार्यलय धरानका प्रशासकीय अधिकृत लोकमान श्रेष्ठ, धरान वडा नं १० का वडा अध्यक्ष विवेक राई लगायत बिभिन्न कलेजका प्रधानाध्यापक, डाईरेक्टर लगायतको उपस्थिति रहेको थियो ।

prime2