धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आहार विभागले विश्व स्तनपान दिवसको अवसरमा स्त्री रोग तथा बालरोग विभागको वार्ड तथा ओपिडीमा विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । 

आमाको दुध बच्चाको लागि पहिलो आदर्श खाना भएकोले स्तनपानबारे जानकारी गराउदै सचेतनामुलक कार्यक्रम गरिएको विभागकी एसिस्टेन्ट प्रोफेसर डा.शिल्पी कुमारीले जानकारी दिइन् । उनका अनुसार आमाको दुधले बच्चाको वृद्धि र विकासको लागि आवश्यक सबै पोषक तत्वहरु प्रदान गर्ने भएकोले स्तनपान गराउन अति आवश्यक छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार नवजात शिशुलाई सकेसम्म चाडो (जन्म भएको १ घण्टा) भित्र स्तनपान गराउनुपर्छ । बच्चालाई ६ महिनाको उमेरसम्म बिशेष स्तनपान गराउनुपर्छ भने पुरक आहारसहित २ बर्षसम्म स्तनपान जारी राख्न चिकित्सकहरुको आग्रह छ । 

बच्चालाई स्तनपान गराउदा प्रतिरक्षा प्रणाली बलियो हुन्छ भने कम पखला, कब्जियत, ग्यास्ट्रोएन्टेराइटिस, ग्यास्ट्रोएसोफेजियल रिफ्लक्स, कम रुघाखोकी र निमोनिया, रेस्पिरेटरी सिन्सिटियल भाइरसजस्ता श्वासप्रश्वास सम्बन्धी रोगहरु कम हुन्छ । यस्तै, बिशेष गरी कानमा क्षति पुर्याउन ब्याक्टेरियल मेनिन्जाइटिसको कम केस, राम्रो दृष्टि र समयपुर्वको कम रेटिनोप्याथी, शिशु मृत्यु दर कम हुनेलगायत फाइदा हुने गर्छ । 

स्तनपान गराउदा आमालाई पनि धेरै फाइदा हुने चिकित्सकहरुको भनाई छ । स्तनपान गराउदा जन्मपछि छिटो तौल घटाउन प्रवद्र्धन हुनेछ भने दुध आपूर्ति निर्माण र कायम राख्न एक दिन लगभग ५ सय अतिरिक्त क्यालोरीहरु जलाउने चिकित्सकहरुको भनाई छ । यस्तै, पाठेघरलाई संकुचित गर्न र सामान्य आकारमा फर्कन उत्प्रेरित गर्ने, कम रक्तस्राव हुने, कम मुत्र पथ संक्रमण हुने र एनिमिया हुने सम्भावना पनि कम हुने चिकित्सकहरु बताउँछन् । 

यस्तै,पोष्टमार्टम ड्रिप्रेसनको जोखिम कम हुनेछ भने अधिक सकरात्मक मुड पनि बन्नेछ । स्तनपानले प्राकृतिकरुपमा सुखदायक हर्मोन अक्सिटोसिन र प्रोल्याक्टिन उत्पादन गर्छ । जसले नर्सिङ आमामा तनाव कम गर्ने र सकरात्मक भावनालाई बढावा दिने चिकित्सकहरुले बताएका छन् ।