धरान : धरानमा तीन दिने ब्लाक हक राइडर्स मिट शुरु भएको छ । 

धरान १९ स्थित हरियाली वन समुहमा रोयल इष्टर्न इन्फिल्डर्स क्लब धरानको आयोजनामा राइडर्स मिट शुरु भएको हो । आइतबारसम्म रहने मिटमा नेपाल, भारतका विभिन्न क्लबहरुबाट डेढ सय बढी बुलेट राइडर्सहरु सहभागी भएको आयोजकले जनाएको छ । आयोजक धरानसहित कुल संख्या भने २ सय हाराहारी पुगेको छ ।

कार्यक्रममा सहभागी हुन आएका राइडर्सहरुलाई शुक्रबार किराती सँस्कृति झल्कने गरि मौलिक पहिरनमा वावु (चिण्डो)को रक्सी र धराने कालो सुँगुरको मासुको परिकार चखाएर स्वागत गरिएको थियो । कार्यक्रमको लागि भोजपुरबाट तीनपाने रक्सी ल्याइएको आयोजकले जनाएको छ । 

black-hog1

पहिलो दिन सहभागीहरुलाई स्वागतसँगै साँझ स्थानीय ब्याण्डहरुको सांगीतिक प्रस्तुती पनि भएको थियो । कार्यक्रमस्थलमा धरान र आसपासको साहसिक पर्यटनबारे जानकारी दिने स्टल, खुकुरी उद्योग र हस्तकलाको स्टल पनि राखिएको छ । यस्तै, धरान सहरको इतिहास झल्काउने धरान (आरा चिरेको) पनि राखिएको छ । राइडर्सहरु आफैले ल्याएको टेन्टमा रात बिताउनेछन् ।

मोटरसाइकलमार्फत युवाहरुबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने र धरान तथा आसपासको पर्यटन प्रर्वद्धन गर्ने पनि उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष योगेन राईले बताए । उनका अनुसार आज दोस्रो दिन (शनिबार) बिहान बासुरी प्रस्तुती, च्याब्रुङ प्रस्तुती पनि गरिनेछ भने ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा राइड पनि गरिनेछ । दिउँसो विभिन्न खेलहरु हुनेछ ।

भिडियो:

black-hog9

black-hog7

black-hog10

black-hog5

black-hog8

black-hog2

black-hog. 2

black-hog3

black-hog11