धरान: धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले हेलिकप्टरमार्फत धरानको साँझको दृष्यावलोकन गरेका छन् । 

धरान होलिडेजले सिम्रिक एयरको हेलिमार्फत मेयर साम्पाङ र उपमेयर बेघालाई आइतबार साँझ धरानको फन फ्लाइट गराएको हो । मेयर उपमेयरसँगै धरानका केही सञ्चारकर्मीहरुले पनि फन फ्लाइट गर्दै धरानको दृष्यावलोकन गरेका थिए । धरान होलिडेजले केही बर्षदेखि धरानमा फन फ्लाइट र पाथीभरा देवीको दर्शन गराउन हेलिकप्टर सेवा उपलब्ध गराउदै आएको छ । 

यो बर्ष पनि भोली (घटस्थापना)को दिनदेखि धरान पाथीभरा दर्शन प्याकेज धरान होलिडेजले शुरुवात गर्दैछ । त्यसैको लागि सिम्रिक एयरको ६ सिटे हेलिकप्टर आइतबार साँझ धरान आएको हो । नवमीको दिनसम्म हेलिकप्टरबाट पाथीभारा दर्शन गराउने धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिए । एक दिन ३ फ्लाइटसम्म गराउने लक्ष्य राखिएको उनको भनाई छ । 

helicoptar1

धरान होलिडेजका अनुसार गाडीको यात्रा र हिडेर पाथीभारा दर्शन गर्न नसक्ने वृद्धवृद्धाहरुलाई हेलिकप्टरमार्फत जानसक्नेछन् । एक जनाको शुल्क ३८ हजार ९९९ रहेकोछ । यस्तै, पुर्वक्षेत्रमा उद्दार कार्य गर्नुपरेमा काठमाण्डौंबाट हेलिकप्टर ल्याउन भन्दा यहीको सस्तो पर्ने पनि अध्यक्ष श्रेष्ठले बताए । 

मेयर साम्पाङ र उपमेयर बेघाले हेलिकप्टर सेवाको प्रशंसा गर्दै हेलिप्याड बनाउन कार्यपालिकाबाट निर्णय भइसकेको र मन्त्रालयमा सिफारिश पनि गरिएको जानकारी दिए । हेलिकप्टर सेवा सधै उपलब्ध गराउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने मेयर साम्पाङले बताए । मेयर साम्पाङले व्यवसायिक उडान धरानबाट गराउनुपर्ने पनि धारणा व्यक्त गरे । 

भिडियो: