धरान: धरान १२ स्थित सुनाखरी एकेडेमीमा कक्षा ११ का भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । 

एकेडेमीका कक्षा १० र १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि धरान वडा नं १२ का कार्यवाहक अध्यक्ष ब्रह्मज्ञ भट्टराई रहेका थिए भने बिशेष अतिथिहरुमा धरान इन्टरनेशनल कलेज अफ मेनेजमेन्टका एक्जुकेटिभ सेफ ग्वीन्थर मच, धरान स्कलर्सका रुद्र अधिकारी, ज्ञानकुञ्जका प्रिन्सिपल अरुण राईलगायत रहेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि भट्टराई, प्रिन्सिपल मिलन राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, एकेडेमीका डाईरेक्टर प्रदिप राई, भाईस प्रिन्सिपल अशोक लिम्बू लगायतले नवआगन्तुक बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरेका थिए । प्रमुख अतिथी भट्टराईले सुनाखरीले गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै अतिरिक्त क्रीयाकलापमा समेत अब्बल भएको बताए ।

sunakhari2

प्रिन्सिपल राईले मिहिनेती र रचनात्मक बिद्यार्थीहरुका लागि सुनाखरी एकेडेमी उत्तम गन्तब्य भएको बताए । कार्यक्रममा धरान कलेज अफ म्यानेजमेन्टका सन्चालक दिपक श्रेष्ठ, एकेडेडीका सन्चालक किशोर साम्बाहाम्फे, कराते प्रशिक्षक किरण लामा लगायतको उपस्थिती थियो।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गीत पनि प्रस्तुत गरेका थिए । एकेडेमीका प्रिन्सिपल राईका अनुसार विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेर एकआपसमा चिनजान, मित्रता र आत्मियता बढाउने काम भएको छ । एकेडेमीमा हाल कक्षा ११ मा कमर्श, कम्प्युटर साइन्स र होटल मेनेजमेन्टको पढाई हुन्छ । 

sunakhari1