धरान: धरान १२ स्थित सुनाखरी एकेडेमीले एस.ई.ई.स्पीकर धरानको सेकेण्ड रनरअप अन्कित ढुङ्गानासहित २०७७ सालमा सुनाखरीबाट एस.ई.ई. उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । 

एकेडेमीले शुक्रबार एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई सम्मान गरेको हो । सेकेण्ड रनरअप ढुङ्गानालाई सुनाखरीका प्रिन्सिपल मिलन राई, डाईरेक्टर प्रदिप राई, प्लस टु कोअर्डिनेटर टपकुमार राई, सञ्चालक सदस्य राज बहादुर लिम्बूलगायतले सम्मानपत्र, खदा र अबिर लगाएर सम्मान गरेका थिए । ढुंगाना एक साताअघि मात्र र्याडिकल लाईट नेपालले आयोजना गरेको एस.ई.ई. स्पीकर धरान २०७८ को सिजन १ मा सेकेण्ड रनरअप भएका थिए । उनले फाईनलमा ज्येष्ठ नागरिकप्रति युवाको दायित्व शिर्षकमा आफ्नो धारणा एवं विचार व्यक्त गरेका थिए । 

धरान १७ स्थित ज्वालामुखी माविबाट एस.ई.ई. उर्तीण अंकित सेकेण्ड रनरअप भएपछि सुनाखरीमा ३० प्रतिशत छात्रवृत्ति पाएका थिए । तर, विद्यार्थीलाई अध्ययनमा थप हौसला प्रदान गर्न उनलाई ८५ प्रतिशत छात्रवृत्ति दिइएको प्रिन्सिपल मिलन राईले बताए । सुनाखरीले छात्रवृत्ति प्रदान गरेकोमा खुशी व्यक्त गर्दै अंकितले आफुलाई ठुलो हौसला मिलेको प्रतिक्रिया दिए । उनले सुनाखरीमा पाएको सुविधाको पुर्ण सदुपयोग गर्ने पनि प्रतिवद्धता जनाउदै एकेडेमीको नाम उच्च बनाइराख्न सधै प्रतिवद्ध रहने बताए । 

sunakhari see

यस्तै, एकेडेमीले एस.ई.ई. उत्तीर्ण आफ्ना विद्यार्थीहरुलाई पनि खादा र मायाको चिनो प्रदान गरेको थियो । सुनाखरीमा यसै शैक्षिक सत्रबाट व्यवस्थापन संकायमा कक्षा ११ को पढाई शुरु गरेको छ । प्रिन्सिपल राईले आफ्नै विद्यालयमा अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह पनि गरेका थिए । उनले सिमित संख्यामा विद्यार्थीहरु भर्ना गर्ने जानकारी दिदै माग अनुसार र जीवनपयोगी, गुणस्तरीय शिक्षा प्रदान गर्ने पनि बताए । डाईरेक्टर प्रदिप राईले ब्यबस्थापनको हरेक क्षेत्रमा महत्व रहेको बताए । विद्यार्थीहरुमा लुकेको प्रतिभा एवं क्षमता उजागर गर्नको लागि यसै बर्षदेखि कक्षा ११ का विद्यार्थीहरुलाई लक्षित गरेर मिस सुनाखरी र मिस्टर सुनाखरी आइकन आयोजना गर्ने सुनाखरीले जनाएको छ ।