धरान: धरान १२ स्थित सुनाखरी एकडेमीमा यस बर्षदेखि कक्षा ११ को पनि पढाई शुरु हुने भएको छ । 

एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई शुरु हुने जानकारी दिएका हुन् । उनका अनुसार कक्षा ११ मा यस बर्षदेखि व्यवस्थापनको पढाई शुरु गर्ने तयारी भएको छ । ‘यो बर्षदेखि हामी कक्षा ११ मा व्यवस्थापनको पनि पढाई शुरु गर्दछौं, अहिले प्रि रजिष्ट्रेसन तयारीमा छौं,’प्रिन्सिपल राईले भने,‘हामीले शिक्षाको गुणस्तरमा ध्यान दिएका छौं, त्यसैले विद्यार्थी संख्या पनि सिमित नै हुन्छ ।’

एकेडेमीले अध्ययन अध्यापनसँगै समयको माग अनुसार अतिरिक्त क्रियाकलापलाई पनि जोडदिएको जनाएको छ । अहिलेसम्म अतिरिक्त क्रियाकलापहरुमा यहाँका विद्यार्थीहरुले धेरै सफलता हासिल गरिसकेका छन् । प्लस टु को अध्यापन शुरु गर्न लागेपछि एकेडेमीले पढाईसँगै समयको माग अनुसार जिवनपयोगी कार्यक्रमहरुको पनि योजना बनाइरहेको छ । ‘यहाँ समयको माग अनुसार अतिरिक्त क्रियाकलापलाई जोडदिएका छौं, सफलता पनि पाएका छौं,’प्रिन्सिपल राईले भने,‘प्लस टु पढाई सकेर जादा हाम्रो विद्यार्थी सक्षम होस्, त्यसको लागि जिवनपयोगी कार्यक्रमहरु गछौं ।’

sunakhari principle

प्रिन्सिपल राईका अनुसार विद्यार्थीहरुलाई अहिलेको समयमा अति उपयोगी हुने सेयर मार्केट सम्बन्धी ज्ञान दिइनेछ । जसले गर्दा भविष्यमा विद्यार्थीहरुको जीवन सहज हुने उनले बताए । ‘विद्यार्थीहरुलाई सेयर मार्केटको ज्ञान धेरे उपयोगी र महत्वपुर्ण हुनेछ, यसबारे पनि कार्यक्रम गरेर सिकाउछौं,’प्रिन्सिपल राईले भने,‘कृषि सम्बन्धी ज्ञान दिन्छौं, फर्महरु भ्रमण गराउछौं । रिपोर्ट राइटिङ, पेपर प्रेजेन्टेसनको कार्यक्रमहरु हुन्छ । बोल्ने कला सिकाउन प्याकेजमा एङ्करिङ पनि गराउछौं । हाम्रा विद्यार्थीहरु हरेक क्षेत्रमा सफल होस्, उनीहरुको जीवन कही कतौ नरोकियोस् भन्नेमा हामी सचेत छौं, सजग रहन्छौं ।’

एकेडेमीले खेलकुदलाई पनि उच्च प्राथमिकता दिएको छ । यहाँ टेवलटेनिस, कराते, डान्स र बास्केटवलका प्रशिक्षकहरु छन् । एक शिक्षकले नै सेपाकताक्रो खेल पनि प्रशिक्षण गराउछन् । यहाँका विद्यार्थीहरुले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पदकहरु जितेका छन् । उनीहरुलाई थप प्रोत्साहन एवं प्रेरणा दिलाउन एकेडेमीले सम्मान गर्ने गरेको छ । इच्छुक विद्यार्थीहरुलाई भायलिन बजाउन सिकाउने पनि एकेडेमीको योजना छ । 

sunakhari7

यहाँका शिक्षकहरु अनुभवी र आफ्नो बिषयमा दक्ष छन् । विद्यार्थीहरुलाई अनावश्यक नीति बनाएर बाध्नुभन्दा उनीहरुलाई आफैलाई जिम्मेवार बनाउने एकेडेमीको मान्यता छ । सोही अनुसार कक्षा १० सम्म लागु भइरहेको पनि प्रिन्सिपल राईले बताए । ‘विद्यार्थीहरुलाई प्रेसर दिएर पढाउनुभन्दा बढ्न प्रेरित गरेर सिकाउनुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसो गर्दा दिगोपन हुन्छ । उनीहरुलाई काउन्सेलिङ गराउनुपर्छ,’प्रिन्सिपल राईले भने,‘विद्यार्थीहरुलाई पढीसकेर के गर्ने ? के उद्देश्य राखेर पढ्ने हो ? यसबारेमा पहिला परामर्श कक्षा लिएर मात्र पढाई शुरु गर्ने गरेका छौं ।’

एकेडेमीले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई सुनाखरी आइकोन कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ । नयाँ विद्यार्थीहरुको कला, प्रतिभा पहिचान गर्न र प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिने प्रिन्सिपल राईले जानकारी दिए । सुनाखरीले भविष्यमा साइन्स पनि शुरु गर्ने जनाएको छ । 

sunakhari8

सुनाखरी एकेडेमी २०४५ सालमा सुनाखरी बोर्डिङ स्कुलको नाममा शुरु भएको थियो । २०५९ मा कम्पनी अन्तर्गत सुनाखरी एकेडेमीमा रुपान्तरण भएको हो । २०६४ सालदेखि कक्षा ६,७, ८ शुरु गरेको एकेडेमीले २०६७ सालदेखि एसएलसी परीक्षामा सहभागी हुन थालेको हो । ‘२०६७ मा एसएसलीको पहिलो ब्याच शुरु भयो । अहिलेसम्म ११ औं ब्याच भइसकेको छ, र अहिलेसम्मको यात्रामा सफल पनि भएका छौं,’प्रिन्सिपल राईले भने । 

भिडियो: