धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । 

धरान ८ स्थित सभागृहमा भइरहेको ६ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक राई (अविरल)ले अग्रता लिएका छन् । उनले १७४ मत प्राप्त गरेका छन् । 

यस्तै, १४३ मतका साथ स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले पछ्याइरहेका छन् । एमाले परित्याग गरेर स्वतन्त्र उम्मेद्वार दिएका मेन्याङ्बो धरानका पुर्वमेयर पनि हुन् । तेस्रो स्थानमा अप्रत्यासित मत राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले ११३ मत पाएकी छिन् । सुर्यमुखी चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार मातृकाप्रसाद भट्टराईले ३३ मत पाएका छन् भने घण्टाघर चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार कुमार कार्कीले २४ मत पाएका छन् । पानीको जार चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार तर्कबहादुर मगरले ९ मत पाएका छन् । 

गठबन्धनको मत न्युन

election 1

प्रारम्भिक नतिजाअनुसार दुवै गठबन्धनका उम्मेद्वारको मत न्युन छ । सत्ता गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाम मेन्याङ्बोले ७० मत पाएका छन् भने एमाले जसपा गठबन्धनका उम्मेद्वार जसपाका उम्मेद्वार अशोककुमार राईले मात्र २५ मत पाएका छन् । अहिले वडा नं १ को मतगणना भइरहेको छ । यो वडामा राप्रपाको प्रभाव क्षेत्र मानिन्छ । 

प्रदेशसभा १ (क)मा पनि हलो अगाडि 

प्रदेशसभा १ (क) मा ३०० मत गणनाको प्ररम्भिक नतिजा आउदा राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै)ले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश थापाले ८६ मत ल्याएर पछ्याइरहेका छन् भने तेस्रो स्थानमा नेकपा एमालेका रमेश बस्नेत २७ मत पाएका छन् । यस्तै, लालटिनले ११, दाप सहितको खुकुरी चुनाव चिह्नले २, लौरोले ४, ढाका टोपीले २, तिरले २, पानीको धाराले ४, जिपले १ र हजारीले १ मत पाएको छ । 

भिडियो: