धरान: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुनसरी जिल्लामा ६३ प्रतिशत मत खसेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ६३ दशमलव ६ प्रतिशत मत खसेको छ । उनका अनुसार आइतबार सम्पन्न भएको निर्वाचनमा कुल ३ लाख ४६ हजार ६ सय ९३ जनाले मतदान गरेका छन् । जसमा १ लाख ६९ हजार २३५ जना पुरुष र १ लाख ७७ हजार ४ सय ५४ जना महिलाले मतदान गरेका छन् । यस्तै, ४ जना अन्यले पनि मतदान गरेको प्रजिअ यादवले जानकारी दिए।

सुनसरी १ को मतपेटिका धरान सभागृहमा संकलन गरिदै

matpetika

सुनसरी क्षेत्र नं १ को मतपेटिका अहिले धरान ८ स्थित सभागृहमा संकलन भइरहेको छ । धरानको २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको ५ वटा वडा र रामधुनी नगरपालिकाको २ वटा वडाबाट मतपेटिका संकलन भइरहेको निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार मतपेटिका प्राप्त भएपछि तथ्यांक रुजु गर्ने, इन्ट्री गर्ने र पेटिकालाई सुरक्षित राख्ने काम भइरहेको छ । सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलिय बैठक राखेर मतगणना सुचारु गर्नेबारे निर्णय गरिने पनि अर्यालले बताए । यद्यपी राजनीतिक दलहरु भने आज राती मतगणना शुरु गर्ने मुडमा छैनन् ।

matpetika2

मतपेटिका संकलन गर्ने कार्य नै ढिलाई हुने र बैठक बसेर गणना सुचारु हुने सम्भावना ज्यादै कम रहेको नेपाली कांग्रेस धरान उपमहानगर कमिटी सभापति श्याम पोखरेलले जानकारी दिए । आफ्नो पार्टीकोतर्फबाट भोली बिहान बैठक बस्ने र निर्णय गरेर मात्र गणना शुरु गर्ने प्रस्ताव गरिएको उनले बताए । 

भिडियो: