धरान: सुनसरी १ को मतगणना आज दिउँसो १ बजेदेखि शुरु गर्ने निर्णय भएको छ । 

धरान सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको अधिृकत रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार अगल अलग वडाका मतपेटिकाहरु एकै ठाउँमा मिसाएर गणना गर्ने निर्णय भएको छ । यसैगरि, प्रतिनिधिसभा प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक, प्रदेशसभा प्रत्यक्ष र प्रदेशसभा समानुपातिकको मतगणना एकैपटक शुरु गर्ने पनि निर्णय भएको पनि उनले बताए । 

sava1

यसैगरि, वदर मत सम्बन्धमा विवाद आएको अवस्थामा बदर मतबारे तत्काल निर्णय गरेर मतगणना अघि बढाउने सहमति भएको भने मतदानको क्रममा मतपत्र फरक मतपेटिकामा पर्न गएको हकमा सो मतपत्र सम्बन्धित मतपेटिकामा भएसरह गणना गर्ने पनि निर्णय भएको अधिकृत अर्यालले जानकारी दिए । सुनसरी निर्वांचन क्षेत्र १ मा कुल १ लाख ४१ हजार ८७८ मतदाता रहेका छन् । हिजो भएको मतदानमा ७८ हजार ८९३ मत मात्र खसेको छ । अधिकृत अर्यालका अनुसार यो खसेको मतप्रतिशत ५५ दशमलव ६१ प्रतिशत मात्र हो।

बैठकमा निर्वाचन अयोगले स्वतन्त्र उम्मेद्वाहरुमध्ये ५ जनालाई मात्र प्रतिनिधि दिने र सबै स्वतन्त्र उम्मेद्वारहरु मिलेर आलोपालो  उम्मेद्वार पठाउने निर्देशन आएको जानकारी गराएपछि माहोल निक्कै तातिएको थियो । स्वतन्त्र उम्मेद्वारहरुले पार्टी र स्वतन्त्र उम्मेद्वारलाई बराबरी व्यवहार हुनुपर्ने भन्दै आक्रोश पोखेका थिए ।

भिडियो: