धरान: सुनसरी प्रदेशसभा १ (क) मा लोकतान्त्रिक वाम गठबन्धन कांग्रेसका उम्मेद्वार उमेश थापा एमालेका उम्मेद्वार रमेश बस्नेतसँग पछि परेका छन् । 
निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार १२२१८ मत गणना हुँदा कांग्रेसका थापा एमालेका रमेश बस्नेतसँग २१६ मतले पछि परेका छन् । बस्नेतले ३७२२ मत ल्याएका छन् भने कांग्रेसका थापाले ३५०६ मत पाएका छन् । यस्तै, राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठले २६७४ मत पाएका छन् ।
यसैगरि, स्वतन्त्र उम्मेद्वार समिर तामाङले ७०९ मत प्राप्त गरेका छन् भने दापसहितको खुकुरीले २२४, लौरोले ३६५, ढाका टोपी ४२, तीर ४९, पानीको धारा २४९, ब्याडमिन्टर कर्क ५, जीप ६, डल्फिन १०, हजारी ३९ र पंखाले १९ मत प्राप्त गरेका छन् ।
भिडियो:
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
                     
                     
		


 
		 
		 
		 
		



