धरान: एक टेलिभिजनले बुधबार धरान उपमहानगरपालिकामा पालिका सवाल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा मेयर हर्क साम्पाङ र प्रदेशका खानेपानी मन्त्री तिलबहादुर मेन्याङ्बोबीचमा चर्काचर्की परेको छ । 

खानेपानीको उपभोक्ता समिति गठनमा सफारिश नगरेको भन्ने जनगुनासोमा जवाफ दिने क्रममा मेयर साम्पाङले स्थानीय सरकारलाई थाह नहुने योजनाहरु कार्यान्वयन हुन नदिने अभिव्यक्ति दिएका थिए । साथै उनले प्रदेश र केन्द्र सरकारले स्थानीय सरकारको सहमति, रोहबर र अनुमतिमा मात्र योजना पठाउनुपर्ने र त्यसो नगरि आएको बजेट, योजनाहरु सबै रोक्ने पनि बताए । 

palika

मेयर साम्पाङले प्रदेश र केन्द्रमा बसेका मानिसहरुले नीतिगतरुपमा भ्रष्टाचार गरिरहेको आरोप लगाए पछि असन्तुष्ट बनेका मन्त्री मेन्याङ्बोले सबैले संविधान र कानुनले दिएको अधिकारभन्दा बढी नबोल्न र नगर्न सचेत गराए । उनले अनुमति लिनुपर्ने ठाउँमा प्रदेश र केन्द्र सरकारले लिने र लिनुनपर्ने ठाउँमा नलिने भन्दै भ्रष्टचार भइरहेको भए कारबाही गर्न अघि बढ्न पनि चुनौती दिए । यो क्रममा दुवैबीच चर्काचर्की परेको थियो । कार्यक्रमकी सहजकर्तालाई दुवैलाई साम्य पार्न निक्कै हम्मे पर्यो । उनले मेयर साम्पाङलाई रोक्न खोज्दा 'बोल्न नदिने हो भने म जान्छु; समेत भनेका थिए । 

भिडियो: