धरान : प्रहरीले धरान ११ स्थित सेवालुङ चोकबाट तास खेलिरहेका ११ जनालाई लाखौं रुपैया नगदसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले बिहिबार राती करिब ८ बजे नगद ५ लाख ९२ हजार ५ सय रुपैयासहित ११ जनालाई पक्राउ गरेको हो । स्थानीय सञ्जुहाङ लिम्बूको घरमा जुवातास खेलिरहेको बिशेष सुचनाको आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो । प्रहरीले तास खेलिरहेको अवस्थामा १२ बुङ तास र नगदसहित ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा धरान १६ जोरसखुवाका ३३ बर्षीय सोम तामाङ, वडा ११ मंगलवारेका २४ बर्षीय सविन राई, ४० बर्षीय को दिनेश राई, घरधनी ४९ बर्षीय सन्जुहाङ लिम्बु, २४ बर्षीय मचिन लिम्बु, ३२ बर्षीय पुर्ण राई, ४१ बर्षीय सन्तोष तामाङ रहेका छन् ।
यसैगरि, वडा ११ कै १७ बर्षीय रविन रसाईली, ४१ बर्षीय सुवास तामाङ, वडा नं. १९ का ५० बर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँ पालिका वडा ४ का ३५ बर्षीय अशोक साँवा पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।
_1704867435.jpeg)

प्रतिक्रिया दिनुहोस्