धरान:अपेक्षा गरेभन्दा न्युन कारोबार गर्दै पाँच दिने पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला सकिएको छ । 

मेलामा अहिलेसम्मकै न्युन कारोबार भएको छ । आयोजक फ्लोरीकल्चर एशोसिएशन सुनसरीले ७० लाख कारोबार हुने अपेक्षा गरेको थियो । तर, पाँच दिने मेलामा मात्र १० लाख हाराहारीमा कारोबार भएको कार्यक्रमका संयोजक युमेनहाङ राईले जानकारी दिए । साथै, मेला घाटामा भएको पनि आयोजकले जनाएको छ । मेलामा १० लाख खर्च भएको र ५० वटा स्टलमा व्यवसायिक स्टल १९ वटा रहेको छ।

प्रदेश सरकारले २ लाख बजेट प्राप्त हुनेछ भने धरान उपमहानगरले मात्र ५० हजार बजेट दिने भएको छ । धरानका वडा कार्यालयहरुलाई पनि बजेट माग गरिएको तर कुन वडाबाट कति आउने भन्ने यकिन भइनसकेको आयोजकले जनाएको छ । प्रदेश र नगरबाट आर्थिक सहयोगको अपेक्षा गरिए पनि नपाएको आयोजकले जनाएको छ ।

flower

बजेट अभावकै कारण बोन्साई प्रतिस्पर्धा र अन्य कार्यक्रमहरु गर्न नसकिएको संयोजक राईले बताए । धरान उपमहानगरपालिकामा १० लाखको प्रस्ताव पेश गरेको तर मात्र ५० हजारको तोक मेयर साम्पाङले लगाएको गुनासो व्यवसायी शिव वान्तावा राईले बताइन् । ‘यो कार्यक्रम स्थानीय सरकारले गर्दा अत्यन्तै राम्रो हुन्थ्यो । धरानलार्ई ग्रिनसिटी, फुलको सहर बनाउने भनिन्छ, तर धरानमै आयोजना गर्दा स्थानीय सरकारले वेवास्ता गर्यो,’उनले भनिन्,‘१० लाखको प्रस्ताव पेश गरेको थियौं, मेयरले ५० हजारको तोक लगाइदिनुभयो ।’

flower1

कार्यक्रम संयोजक राईले मेयर हर्क साम्पाङले विरुवाहरु रोपेको, फुलमा पानी हाल्ने गरेको कार्य राम्रो भएको र त्यसमा नर्सरी व्यवसायीहरु जोडिएकोले सकरात्मक लिएको बताए । मेयरको अभियानमा साथ दिइरहे पनि उद्घाटन समारोहमा बिशिष्ट अतिथिकोरुपमा बोलाउदा नआइदिएको भन्दै असन्तुष्टी व्यक्त गरे । मेयरको बोली बिक्ने भएकोले आएर सामाजिक सञ्जालमा पोष्ट मात्र गरिदिदा पनि प्रचार हुने अपेक्षा गरिएको तर मेयर ५ दिने मेलामा कुनै पनि बेला नआइदिएकोमा पनि आयोजकले चित्त दुखाएका छन् । 

भिडियो: