धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ बा प्रतिनिधिसभा सदस्यमा निवार्चित सांसद अशोक राई गठबन्धन सरकारमा मन्त्री बन्ने भएका छन् ।
सत्ता गठबन्धनको घटक दल जनता समाजवादी पार्टीले सुनसरी १ बाट निवार्चित सांसद राईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनाउने भएको छ । आज दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहणको तयारी पनि भइरहेको छ ।
चुनावको बेला एमाले र जसपाको तालमेल हुदा सुनसरी १ जसपाको भागमा परेको थियो । जसपाबाट राई उम्मेद्वार भएका थिए । राई हाई प्रोपाइल नेता भएकोले निवार्चित भएर सत्ता गठबन्धनमा रहे मन्त्री हुने भन्दै चुनावको बेला प्रचार गरिएको थियो । पार्टी अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि संसदीय दलको नेता हुन खोजेपनि उनी असफल भएका थिए । सत्ता गठबन्धन फेरिएसँगै सरकारमा सामेल हुने निर्णय गरेको जसपाले राईलाई मन्त्री बनाएको हो ।
सत्ता गठबन्धन फेरिए पनि मन्त्रीपरिषदले पुर्णता नपाउदा प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना भइरहेको थियो । आजै मन्त्रीपरिषदलाई पुर्णता दिने प्रयास भएपनि कांग्रेसभित्रको किचलोको कारण पुर्णता पाउने सम्भावना भने छेन । एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहाल आफैले डेढ दर्जन मन्त्रालय रहेको थियो ।