धरान: पत्रकार जनकऋषि राईको कथा संग्रह बस्तीभित्रको एउटा कथा हो कुमार मामा । उनले जुन पात्रलाई कथामा उनेका छन्, ती वास्तविक थिए ।

पत्रकारिता गर्ने सिलसिलामा राई केही समय काठमाण्डौं पनि बसेका थिए । कुमार मामालाई धरानमा भेटेका उनले लामो अन्तरालमा काठमाण्डौंमा देखे । त्यतिबेला कुमार मामा जीवन चलाउन भरिया थिए । ती पात्रको वास्तविक जिन्दगीको कथाले पत्रकार राईको दिमाग हल्लायो, र उनैमा आधारित भएर कथा लेखे, कुमार मामा । अहिले त्यही कथा कुमार मामा धरान ८ स्थित सभागृहमा फागुन १७ गतेदेखि दैनिकरुपमा मञ्चन भइरहेको छ । 

यो कथालाई नाट्यरुपान्तर गरेर निर्देशन गरेका छन्, रंगभुमी एकेडेमीका निर्देशक विष्णु मोक्तान । यसअघि मोक्तानले निर्देशन गरेको नाटक इङ्घङले धरानमा प्रशंशा बटुलेको थियो, र सुस्ताएको रंगमञ्चलाई पुर्नजागृत गरेको थियो । अहिले कुमार मामाले पनि तारिफ बटुलिरहेको छ, र धरानको रंगमञ्च, युवा रंगकर्मीहरुलाई हौसला दिइरहेको छ । 

kumar-mama5

विविध कारणले आफ्नो गाउँबाट छोडेर सहर पसेका युवाको कथा हो, कुमार मामा । उनी प्रतिनिधि पात्र हुन्, जसले समग्र देशका युवाहरुको कथा बोलेका छन् । सुनौलो भविष्य र सपनाहरु बोकेका युवाहरु राजनीतिको शिकार बनेका छन् । बेराजगारीबाट आह्त छन् । देशमा राजनीति वदलियो, व्यवस्था फेरियो, तर युवाहरुको लाहुर जाने सपना वदलिएको छैन । आफ्नो थातथलो बिर्सिएर सहर पसे पनि मानिससँग सँस्कृति भने साथमा नै बोकेर हिडिरहेको हुन्छ । कुमार मामाले यस्तै आममान्छे, भुँईमान्छेको कथा सुन्दरढंगले पस्किएको छ । 

थुप्रै अभावहरुका बीच पनि नाटकलाई प्रकाश र पाश्र्व संगीतको प्रबन्ध गरिनुले प्रशंसनीय बनाएको छ । कलाकाहरुको संवाद र अभिनय स्वभाविक एवं तारिफयोग्य छ । कलाकालहरु विष्णु मोक्तान, उदय बेघा लिम्बु, सजेष्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दिपेन्द्र राई, एलिना रुम्दाली, करिश्मा क्षेत्री र एञ्जल तामाङ मञ्चमा देखिनेछन् ।

देशलाई काँधमा बोक्नसक्ने भाञ्जाहरु हुर्काउनुपर्छ: सांसद राई 

ashok-rai

संघीय सांसद अशोककुमार राईले भाञ्जाको भुमिकाबाट मामा (भरिया)को भुमिकातिर घिस्रिरहेको समाजको नियतीलाई वदल्ने गरि देशलाई काँधमा बोक्नसक्ने भाञ्जाहरु हुर्काउनुपर्ने बताएका छन् । सोमबार धरान सभागृहमा नाटक कुमार माया हेरिसके पछि सांसद राईले यस्तो बताएका हुन् ।

उनले आफु नाटक नहेरि काठमाण्डौं फर्किएको भए के के छुटेको अनुभूति भइरहने प्रतिक्रिया दिदै भाञ्जाको लाहुरे बन्ने सपना तुहिएपछि भरिया कुमार मामा बन्नसक्ने नियति वदल्ने भाञ्जाहरु बनाउनुपर्ने बताए । ‘हाम्रो समाज भाञ्जाको भुमिकाबाट मामाको भुमिकातिर घिस्रिरहेको छ, त्यो दुःखद छ । त्यो स्थिति बदल्न देशलाई काँधमा बोक्नसक्ने भाञ्जाहरु हुर्काउन जरुरी छ,’उनले भने,‘यो किसिमको नाटकहरुको रचना, निर्देशन, मञ्चन, अभिनय निरन्तर गर्नुस्, अघि बढ्दै जानुस् ।’चलचित्रको वहावले नाटक ओझेलमा पर्न खोजेको तर अब सचेत, सजग दर्शकहरुले वनावटी चलचित्रको दृष्य भन्दा पनि नाटकको सजिव दृष्य हेर्न रुचाउने सांसद राईले बताए ।

नाटकमाथि कविता र चित्र सृर्जना गरिने

kumar-mama10

नाटक कुमार मामा माथि कविता र चित्र पनि सृर्जना गरिने भएको छ । त्यसको लागी सोमबार धरानका कवि साहित्यकार र चित्रकारहरुले पनि नाटक हेरेका छन् । निर्देशक विष्णु मोक्तानका अनुसार कवि, साहित्यकारहरुले नाटक हेरिसकेपछि मनमा लागेको प्रतिक्रियालाई कवितामार्फत अभिव्यक्त गर्नेछन्, र ती कविताहरु फागुन २५ गते वाचन गरिनेछ । यस्तै, फागुन २६ गते चित्रहरु प्रर्दशनी हुने पनि निर्देशक मोक्तानले बताए । 

भिडियो:

kumar-mama12

kumar-mama11

kumar-mama6

kumar-mama9

kumar-mama8

kumar-mama4

kumar-mama7

kumar-mama3

kumar-mama1

kumar-mama