धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा आज पनि बस्न सकेन । 

मेयर हर्क साम्पाङले दिउँसो २ बजेको लागी आह्वान गरेको बैठकमा एक जना मात्र वडाअध्यक्ष उपस्थित भएका थिए । बैठकमा मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा र वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराई मात्र उपस्थित भए । बैठक बस्न नसकेपछि मेयर साम्पाङले अनिश्चितकालको लागी स्थगित गर्ने घोषणा गरेका थिए ।

मेयर साम्पाङले कार्यपालिका बैठक निरन्तर बहिष्कार गर्ने वडाअध्यक्षहरुको राजिनामा माग गर्ने बताए । बैठकमा नआउने र पदीय जिम्मेवारी पुरा नगर्ने जनप्रतिनिधिहरुले नैतिकताको आधारमा पनि राजिनामा दिनुपर्ने मेयर साम्पाङले बताए । ‘बैठक बहिष्कार गरिरहने हो भने मैले राजिनामा माग्नुपर्छ, पदीय जिम्मेवारी पुरा नगर्ने हो भने नैतिकताको आधारमा राजिनामा दिनु पनि पर्छ,’उनले भने ।

मेयर साम्पाङले जनताको मतादेशलाई अवहेलना नगर्न पनि वडाअध्यक्षहरुलाई सचेत गराएका छन् । कार्यपालिका बहिष्कार गरिरहने हो भने आफु बाध्य भएर वैकल्पिक व्यवस्थामा जानुपर्ने पनि उनले बताए । ‘बैठक बस्दिन भन्ने कारण के हो ? जनताको मतादेशलाई यसरी अवहेलना गर्न पाइदैन, त्यस्तो गर्नेले खुरुक्क राजिनामा दिनुपर्छ, बाटो प्रशस्त गरिदिनुपर्छ, पदपूर्तिको लागी अर्को चुनाव हुन्छ,’ उनले भने ।

भिडियो: