धरान: कोशी प्रदेशका प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले बाँझगरा ९ क, घोपा ७ घ र ङ सर्दु जलाधार क्षेत्रको उठान क्षेत्र नभएको बताएका छन् ।

बाँझगरा ९ क, घोपा ७ घ र ङ जग्गा रोक्का फुकुवा तथा सिमांकन पहल समितिले मंगलबार वडा नं १३ मा आयोजना गरेको छलफलमा प्रदेश सांसद बस्नेतले यस्तो बताए हन् । उठान क्षेत्र नभएकै कारण त्यहाँ अहिले पनि पुरानो बस्ती भएको र वन क्षेत्र नभएको उनले बताए । बस्नेत हाल प्रदेशसभा सदस्य छन् भने उनी तत्कालिन पाँचकन्या गाविस (साविक बाँझगरा गाउँपञ्चायत) का पुर्व गाविसअध्यक्षसमेत हुन् । 

सांसद बस्नेतले सर्दु जलाधारको नाममा मुआब्जा दिएर उठान गरिएको क्षेत्र र मुआब्जा नदिएको साथै उठान क्षेत्रमा पनि नपर्ने जग्गालाई अलग अलगरुपमा हेर्नुपर्ने पनि बताए । “उठान क्षेत्रमा नपर्ने भएर नै बाँझगरा ९ क र घोपा ७ घ, ङ मा उहिलेदेखिकै बस्ती छ । वन पनि कायम भएको छैन,” उनले भने,“त्यहाँको जग्गाको मुआब्जा पनि दिइएको छैन । यसमा द्धिविधा हुनुहुदैन, एउटै धारणा बनाउनुपर्छ ।”

बाँझगरा ९ क र घोपा ७ घ, ङ उठान क्षेत्र नभए पनि हाल जग्गा रोक्का भएर स्थानीय जग्गाधनीहरु पीडित रहेको सांसद बस्नेतले बताए । “उनीहरुलाई हेर्ने दृष्टिकोण र उठान क्षेत्रलाई हेर्ने दृष्टि एउटै हुनुहुदैन । के प्रष्ट हुनुपर्छ भने निशाने खोलादेखि पश्चिमको एरिया घोपा ७ घ र ङ बाहेकको अरु एरिया उठान क्षेत्र हो,” उनले भने,“त्यहाँ कानुनीरुपले वा प्रक्रिया नपुगेर कसैको नाममा भएको भएपनि त्यो उठान क्षेत्र नै हो, सर्दु जलाधार क्षेत्र नै हो । साविक बाँझगरा ९ को क, साविक घोपा ७ को घ र ङ भने उठान क्षेत्र होइन ।”

ramesh sardu

बाँझगरा ९ को क, साविक घोपा ७ को घ र ङ लाई उठाउने प्रस्ताव विगतमा नभएको, पहल पनि नभएको र एउटा पनि घर नउठाइएकै कारण निजी नम्बरी जग्गा रहेको सांसद बस्नेतले बताए । अहिले सर्दु जलाधार क्षेत्रको छोटीमोरङ डाँडासहितको ४२ बिगाह क्षेत्रको बिषय सर्वोच्च अदालतमा विचाराधिन रहेकोले त्यसमा बहस गरिरहनुनपर्ने उनले बताए । 

वर्तमान अवस्था के छ भने उठान क्षेत्र कायम भएको मध्येमा संवेदनशील १२ बिगाहको छ । अदालतमा मुद्दा चलिरहेको छ । त्यो सट्टाभर्ना पाएको हो, यद्यपी सर्वोच्चले जे जस्तो अवस्था छ, यथास्थितिमा राख्नु भनेकोले प्रवेश गर्नु परेन । हामी साविक बाँभगडा ९ क र घोपा ७ घ र ङ को मात्र कुरा हो । निजी सम्पत्ति जुनको सट्टाभर्ना पाएको छैन । सानो कानुनी त्रुटीले पीडामा हुनुपर्छ । एउटै ढंगले बुझ्नु हुदैन । 

“हामीले साविक बाँझगरा ९ क, घोपा ७ घ र ङ को मात्र कुरा गर्ने हो । यो उठान क्षेत्र होइन, सट्टाभर्ना पाएको छैन । त्यसको लागि प्रक्रियामा गएको छैन भन्ने समान बुझाई बनाउनुपर्छ,” उनले भने,“अदालतमा प्रमाण जुटाएर प्रभाव बनाउनुपर्छ । २०९ घर यो यो हो, हाम्रो क्षेत्र त्यो होइन । वन कायम भएको छैन । घरहरु कहिल्यै उठाएको पनि थिएन भनेर जानुपर्छ ।” 

यस्तै, उनले मुद्दा हाल्ने जनसरोकार मञ्च र मेयर हर्क साम्पाङसँग आवश्यक समन्वय, सहमति गरेर जानुपर्ने पनि बताए । यस्तै, तीसको दशकका पुराना जनप्रतिनिधिहरुलाई राखेर सर्जमिन गर्ने हो भने पनि वलियो आधार हुनसक्ने उनले बतए । “सबै दलहरुले समान बुझाई बनाएर पहल गरौं । सबै एकमत बनाएर अघि बढौं,” उनले भने । 

भिडियो: