धरानः धरान उपमहानगरपालिका क्षेत्रमा बंगुरको मासुको मुल्य प्रतिकिलो ४६० रुपैया कायम भएको छ ।

उपमहानगरपालिकामा बुधबार आन्दोलनरत मासु व्यवसायी र बजार अनुगमन समितिको छलफलमा बंगुरको मासुको मुल्य किलोको ४६० कायम गर्ने सहमति भएको हो । यो मुल्य बजार अनुगमन समितिको अघिल्लो बैठकमा नै निर्णय भएको थियो । उक्त निर्णयमा असन्तुष्टी जनाउदै मासु व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनमा उत्रिएका व्यवसायीहरुको चर्को आलोचना भएपछि बुधबार दिउँसो मेयर हर्क साम्पाङलाई वार्ताको लागि माग गर्दै मासु व्यवसायी संघले पत्र बुझाएको थियो । त्यसपछि दिउँसो ४ बजे उपमहानगरपालिकामा छलफल भएको थियो । उक्त छलफलमा यसअघि नै निर्णय भइसकेको ४६० रुपैया स्वीकार गर्न व्यवसायीहरु सहमत भएका थिए । साथै, अबदेखि भाउ वृद्धि गर्नुपरे विज्ञसँग पनि राय लिने निर्णय भएको छ । 

bangur masu1 1

बैठकमा व्यवसायीहरुले ग्राहकले राम्रो राम्रो मासु छानेर माग गरेमा किलोको ५ सय रुपैया लिन पाउनुपर्ने माग पनि गरेका थिए । तर, मेयर हर्क साम्पाङ र उपमेयर तथा बजार अनुगमन समिति संयोजक अइन्द्रबिक्रम बेघाले आधिकारिक निर्णय ४ सय रुपैया भएकोले त्योभन्दा बढी लिन गैरकानुनी हुने बताएका थिए । 

भिडियो:

भिडियो: