धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले स्वास्थ्योपचार सेवा र पठनपाठन प्रभावित हुन नदिन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

रजिष्ट्रार संग्रौलाले आज शुक्रबार अपिल जारी गर्दे यस्तो आग्रह गरेका हुन् । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले आइतबार बिहानसम्म पनि कार्यकारिणी समिति बैठक बसेर बढुवाको लागि अन्तर्वार्ताको मिति तय नगरे आकमिस्क, आइसियु र वार्डबाहेक सम्पुर्ण सेवा बहिष्कार गर्ने संयुक्त विज्ञप्तीमार्फत घोषणा गरिसकेको छ । 

रजिष्ट्रार संग्रौलाले उक्त विज्ञप्तीप्रति प्रतिष्ठान व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै जायज मागहरुप्रति प्रतिष्ठान सदैव सकरात्मक रहेको, गम्भीर एवं अत्यन्त संवेदनशील भएर समस्या समाधानका लागि निरन्तरुपमा लागिरहेको पनि उल्लेख गरेका छन् । समस्याको समाधान सामुहिक प्रयासबाट गर्न सकिने भन्दै रजिष्ट्रार संग्रौलाले प्रतिष्ठानमा उपचारार्थ आउने सर्वसाधारण, विरामीको सेवा र विद्यार्थीहरुको पठनपाठन, परिक्षालगायत शैक्षिक कार्यहरु सुचारु राख्न सहयोगको अपिल पनि गरेका छन् । 

bp rajistar press