धरान: अन्तरिक्षमा पठाइने भु–उपग्राह (सेटलाइट)बारे विद्यार्थीहरुले विज्ञान बिषयमा अध्ययन गर्दै आएका छन् । किताबमा मात्र अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सेटलाइट निर्माण गर्ने र प्रक्षेपण गर्ने तरिका सिकाउन धरानमा बिहिबारदेखि ४ दिने सेटलाइट ट्रेनिङ शुरु भएको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को आयोजना तथा विज्ञान शिक्षक समाज कोशी प्रदेशको संयोजनमा तालिम शुरु भएको हो । धरान १२ स्थित पब्लिक माविमा शुरु भएको तालिमको एक समारोहबीच मेयर हर्क साम्पाङले उद्घाटन गरेका थिए । मेयर साम्पाङले अहिलेको पुस्ता उच्च प्रविधिसँग खेल्ने भएकोले यो तालिमले विद्यार्थीहरुलाई धेरै लाभ पुग्ने अपेक्षा व्यक्त गरे । 

उनले अध्ययन गरेको कुरालाई अब यथार्थमा परिणत गर्नुपर्ने पनि बताए । ‘तपाईहरु पनि विश्वकै उत्कृष्ट वैज्ञानिक बन्नुपर्छ । तपाई जस्तै अमेरिकामा जन्मने मानिस बैज्ञानिक हुनसक्ने, नेपालमा जन्मदैमा वैज्ञानिक बन्न सकिदैन र ? अवश्य बन्न सकिन्छ । बगरिछाड्छु भन्ने आत्मवल हुनुपर्छ ।’ 

satelite1

विज्ञान शिक्षक तथा विज्ञान शिक्षक समाज कोशी प्रदेशको संयोजक अभय लिम्बुका अनुसार कक्षा ९ र कक्षा १० को पाठ्यक्रममा अन्तरिक्षको पाठ छ । सोही पाठमा अध्यया गरिएको कुरालाई ४ दिने प्रशिक्षणमा व्यवहारिकरुपमा सिकाइने उनले बताए । 

‘सेटलाइट कसरी बनाइन्छ ? कसरी लञ्ज हुन्छ ? लञ्च हुने तरिका के हो ? ठुलो मात्र होइन, सानो स्केलमा पनि सेटलाइट कसरी बनउान सकिन्छ ? माथिसम्म कसरी लैजान सकिन्छ भनेर सिकाइन्छ,’ उनले भने, ‘नाष्टबाट इञ्जिनियर टोली आएको छ । ४ दिनसम्म नानो सेटलाइट कसरी बनाउने भनेर प्रोटोटाइप सेटलाइट विदार्थीहरुले बनाउछन् ।’

satelite2

नाष्टबाट आइसि प्रमुख प्रदिप ढोडारीको नेतृत्वमा इञ्जिनियर टोली तालिम दिन धरान आएका छन् । मोरङ, सुनसरीका विभिन्न १० विद्यालयबाट शिक्षक र विद्यार्थी गरि तीन दर्जन हाराहारीमा सहभागी छन् । नाष्टले मोवाइल बस लिएर धरान आएको छ । उक्त बसभित्रै कम्प्युटरको मध्यमबाट तालिम हुने ढोडारीले जानकारी दिए । ‘यो हाम्रो मिनि आइटी ल्याब नै हो, हामीलाई चाहिने पावरबैंक प्रस्तुतीदेखि आवश्यक सबै सुविधा उपलब्ध छ,’उनले भने ।

भिडियो:

भिडियो: