धरान: नागरिक उड्यान प्राधिकरणको अध्ययन समितिले एयरपोर्ट निर्माण गर्न उपयुक्त नभएको निष्कर्ष दिएसँगै धरानमा एयरपोर्टको 'च्याप्टर क्लोज' भएको छ । 

प्राधिकरणले हिजो धरानमा एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न गठिन समितिको निष्कर्ष सार्वजनिक गरेको थियो । पाँच दिनअघि धरान एक्स्पोको उद्घाटन गर्न आएका सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले पनि धरानमा एयरपोर्ट नबन्ने संकेत गरेका थिए । अध्ययन समितिले धरानमा एयरपोर्ट बनाउदा विद्यमान हवाई निजी २०६३ अनुसार तराई तथा मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलको दुरी कम्तीमा ४० नर्टिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने उल्लेख गरेको छ ।

यस्तै, आर्थिक विश्लेषण पश्चात सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थिले गर्दा वान वे एप्रोज मात्र सम्भव हुँदा हवाई यातायातको दिर्घकालिन, नियमित र व्यवसायिक सम्भावना नभएको पनि निष्कर्ष छ । यसैगरि, अन्य विविध टेक्निकल तथा अपरेसनल कन्स्ट्रेन्सले गर्दा उक्त ठाउँ विमानस्थल बनाउन फिजिवल नरहेको निष्कर्ष पनि अध्ययन समितिले निकालेको प्राधिकरणले सार्वजनिक गरेको छ । 

can

मेयर हर्क साम्पाङले तीब्र दबाब बढाएपछि मन्त्री सुदन किरातीले प्राधिकरणलाई अध्ययन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली धरान आएर फिल्ड भिजिट पनि गरेको थियो । धरानमा २०६० सालतिर एयरपोर्ट बनाउन भन्दै धरान १७ स्थित डाँडा घोपामा यति इन्कर्पोरेट प्रालिले करिब ७ बिघा जग्गा खरिद गरेको थियो । एयरपोर्ट बनाउने र बन्न नसके यतिले किनेकै मुल्यमा जग्गाधनीलाई फिर्ता गर्ने लिखित सम्झौता गरेर जग्गा किनबेच भएको थियो । यतिले एयरपोर्ट बनाउन नसकेपछि जग्गाधनीहरुले जग्गा फिर्ताको माग गर्दै आएको छ । 

तत्कालिन धरानका मेयर कुमारबहादुर कार्कीले प्राधिकरणले नै फिजिवल नभएको निष्कर्ष दिएपछि एयरपोर्टको च्याप्टर क्लोज भएको बताए । यद्यपी उनले धरानमा २०६० सालमा एयरपोर्ट बनाउने प्रक्रिया अघि बढेको तर हवाई नीति ३ बर्षपछि २०६३ मा मात्र बनेको उनले बताए । विराटनगरमा भिडभाड हुँदा उपयुक्त विकल्पकोरुपमा धरानको एयरपोर्ट हुने भन्दै उनले नबन्ने भए सर्त अनुसार जग्गाधनीलाई जग्गा फिर्ता गर्नुपर्ने पनि बताए । 

मन्त्री किरातीलाई मेयर साम्पाङको आक्रोश र गाली

प्राधिकरणले धरानमा एयरपोर्ट बनाउन उपयुक्त नभएको निष्कर्ष निकालेको सार्वजनिक भएलगत्तै मेयर हर्क साम्पाङ मन्त्री सुदन किरातीलाई गालीगलौजमा उत्रिएका छन् । प्राधिकरणको निष्कर्ष सार्वजनिक भएपछि मेयर साम्पाङले आधा दर्जन भन्दा बढी फेसबुक स्टाटसमार्फत मन्त्री किरातीलाई लक्षित गर्दै आक्रोश र गाली गरेका छन् । 

मेयर साम्पाङले लेखेका छन्, ‘सुदन किराती मन्त्री नै हुन् कि पोचा लाउने कुचिकार ? खोई त प्राधिकरणलाई तह लगाको ? कुलको वदनामी ।’ यस्तै अर्को स्टाटस् यस्तो छ,‘केही गर्छ कि भनेको ताइ न तुईको गफ बाहेक अरु केही गरेन ! मन्त्री भएपछि मन्त्री जस्तो काम गरे पो यस भन्नु ! राज्यको ढुकुटीको सत्यनाश मात्रै !’

यस्तै मेयर साम्पाङले हवाई नीति लक्षित स्टाटस पनि लेखेका छन्,‘धरानलाई पछि पार्ने तेरो नियमावली मैले मान्दिनुपर्ने ? टोइलेट पेपर हो त्यो !’ अर्को स्टाटस यस्तो छ, ‘गफ मात्रै काम भुत्लो नगर्ने मन्त्रीले कुल कै बेइज्जत गर्छ कि ?’

भिडियो:

भिडियो: