धरान: धरानका १० राजनीतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला खोलेका छन् ।
उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न र ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश दिएपछि दलहरूले बुधबार ताला खोलेका हुन् । दलहरुले खानेपानी बोर्ड कार्यालयमा पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखामा लगाएको ताला खोलेका थिए । त्यसपछि वडा ११, १६ र १५ मा रहेको बिल काउण्टरमा लगाएको ताला पनि खोलेका छन् ।
राजनीतिक दलहरुले अदालतको आदेशको सम्मान गर्दै ताला खोल्ने निर्णय गरिएको जनाएका छन् । साथै दलहरूले भोलि बिहिवारदेखि धरान उपमहानगरपालिकाको गेटमा धर्ना तथा घेराउ गर्ने पनि घोषणा गरेका छन् । जसपा नेपालका अध्यक्ष ताजुब लिम्बुले आन्दोलनको स्वरुप परिवर्तन गरिएको र भोलीदेखी नगरपालिका घेराउ र धर्ना बस्ने बताए । उनले मेयर र कर्मचारीलाई अफिस प्रवेश गर्न नदिइने बताए ।
भिडियो: