धरान: धरानका १० राजनीतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले उत्प्रेषण परमादेश माग भएको निवेदनमा साउन २८ गतेसम्मको लागी खानेपानी बोर्डमा तालाबन्दी नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले तत्काल ताला खोलेर खानेपानीको नियमित सेवा सन्चालन गर्न दिनु, खानेपानीको व्यवस्थापन, वितरण एवं संचालनमा कुनै अवरोध नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले निवेदकको माग वमोजिम अन्तरिम आदेश बारे भने साउन २८ गते दुवै पक्षलाई छ्लफलको लागि पेशी तारेख पनि तोकेको छ । खानेपानीको महशुल वृद्धि गरेपछि धरानका १० राजनीतिक दलहरूले चरणवद्द आन्दोलन गर्दै खानेपानी बोर्डको अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखामा तालाबन्दी गरेको छ भने विल काउण्टरहरुमा पनि तालाबन्दी गरेको छ ।

त्यसविरुद्ध बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राईले १० राजनीतिक दलका अध्यक्ष तथा प्रेश विज्ञप्तिमा हस्ताक्षरकर्ताहरुलाई विपक्षी बनाई उच्च अदालतमा मुद्दा हालेका थिए ।

FB_IMG_1722933550821