धरान : हत्या गरेरको अवस्थामा धरान ६ स्थित पाचकन्या जङ्गलमा भेटिएकि चुनकुमारी बुढाथोकीको आज पोष्टमार्टम भएको छ ।
शुक्रबारको छलफलमा भने कोरियामा रहेका श्रीमान प्रेम बुढाथोकीआएपछि मात्रै गर्ने पोष्टमार्टम गर्नेबसमझदारी बनेको थियो । मृतकको माइती पक्ष र घरतर्फका मानिसहरु बिच पोष्टमार्टम गर्ने पुनः सहमति भएपछि शनिबार नै भए पनि आज भएको हो । मृतकका दाजु दुर्गा दाहालका अनुसार पोष्टमार्टम गरेर शव धनकुटाको मुलघाटमा अन्त्येष्टि गर्न लगिदैछ । 'पोष्टमार्टम भैसक्यो, शव लिएर मुलघाट जादैछौ,' उनले मोबाइल सम्पर्कमा भने ।
धनकुटाको महालक्ष्मी नगरपालिका २ घर भएकि चुनकुमारी छोरा पढाउन इटहरीको हलगडामा डेरामा बस्दै आएकि थिइन् । उनको श्रीमान प्रेम वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा छन् । माइती पक्षले उनलाई पनि झिकाउनुपर्ने माग राख्दै पोष्टमार्टम नगर्ने अडान सुरुमा लिएको थियो । प्रहरीले शकास्पद ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रभावकारीरुपमा अघि बढाएपछि पोस्टमार्टम गर्ने वातावरण बनेको हो ।