धरान: बेरोजगारहरुलाई रोजगार दिलाउने उद्देश्यले दुई दिने धरान रोजगार मेला बिहिबार शुरु भएको छ । 

धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा शुरु भएको मेलाको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए । मन्त्री राईले सम्बोधन गर्दै दैनिक सयौंको संख्यामा युवाहरु रोजगारीको खोजीमा विदेश गइरहेको बताउदै रोजगार मेलाले युवा पलायनलाई रोक्ने अपेक्षा व्यक्त गरे । उनले यस्ता मेलाले रोजगारदाता र योग्यता भएर पनि बेरोजगार बस्नु परेका युवाहरुलाई भेट गराएर रोजगारीको अवसर दिलाएर पलायन हुनबाट रोक्ने पनि बताए ।

भिडियो:

कोशी प्रदेश सांसद यशोदा कायस्थले प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको बताइन् । साथै उनले स्थानीय उत्पादनलाई आयआर्जनको माध्यम बनाउन सके नेपालमा युवा बेरोजगारी समाप्त हुने पनि बताइन् । धरानका मेयर हर्कराज राईले दक्ष जनशक्तिलाई रोजगार प्रदान गर्न र बेरोजगारीको समस्या एकहदसम्म अन्त्य गर्न मेला आयोजना गरिएको बताए । उनले श्रम गरेर उत्पादनमा जोड नदिएसम्म आत्मनिर्भर नहुने भएकोले युवा जनशक्तिलाई त्यसतर्फ हिड्न पनि आग्रह गरे । 

भिडियो:

दुई दिने मेलाबाट कम्तीमा ५ सय जनालाई रोजगार उपलब्ध गराउने लक्ष्य राखिएको छ । मेलामा विभिन्न रोजगारदाता संघसंस्था तथा फर्महरुका ३० वटा स्टलहरु रहेको छ । उपमहानगरका अनुसार १ हजार ७८ जनाको माग मेलामा आइसकेको छ भने कुल ३२४८ जनाले फर्म भरिसकेका छन् । यो मेला कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा धरान उपमहानगरपालिकाले आयोजना गरेको हो । 

rojgar mela1 1

rojgar mela4

rojgar mela2

rojgar mela3

rojgar mela5