धरान: धरान १३ स्थित भारतीय राजदुतावास, पेन्सन वितरण कार्यालय (पिपिओ)मा मंगलबार साँझ भारतको चर्चित कथाकली नृत्य प्रर्दशन गरिएको छ । 

पीपीओ धरानको प्राङ्गणमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंद्वारा उक्त तृत्य प्रदर्शन गरेको हो । उक्त सांस्कृतिक नृत्य कार्यक्रम दुवै देशको राष्ट्र गानका साथै बिशेष अतिथिद्धय कोशी प्रदेश सभासद बिजय कुमार राई र रमेश कुमार बस्नेतद्वारा दिप प्रज्वलन गरि उदघाटन गरिएको थियो । 

कार्यक्रमलाई भारतीय राजदुतावास, पेन्सन वितरण कार्यालय धरानका कार्यबाहक अधिकारी मेजर शम्मि सुवर्णले सम्बोधन गरेका थिए । शास्त्रीय नृत्य कथाकली केरल राज्यको दक्षिणी हिस्साबाट आएको एक शक्तिशाली नृत्य नाटय रुप हो । यो नृत्य ३०० वर्ष पुरानो इतिहास भएको कला, साहित्य, संगीत, चित्रकला, अभिनय र नृत्यको सुन्दर संयोजन हो ।

kathakali1 copy

विस्तृत पोशाक, चम्किला अनुहार मेकअप, सांकेतिक हातको मुद्रा, लयबद्ध चालले कथाकली केवल प्रस्तुतिकरण मात्र नभई महाभारत, रामायण लगायतका महाकाव्यहरुबाट गहिरो कथाहरु भाषा र समय सीमालाई पार गरेर दर्शकसम्म पुर्‍याउने आध्यात्मिक र सौन्दर्यात्मक यात्रा पनि हो । 

शास्त्रीय नृत्य कथाकली श्री एन रामनकट्टी र उनको प्रतिभाशाली टोलीद्वारा प्रस्तुत गरिएको थियो । कलाले नै मानवता, संस्कृति र अध्यात्मबीचको पुलको काम गर्छ भन्ने सन्देश दिएको पनि मेजर सुवर्णले बताए । साथै उनले कार्यक्रममा सहभागी अतिथिहरुलाई धन्यवाद व्यक्त गरेका थिए । 

kathakali2 copy

kathakali4 copy

kathakali3 copy