धरान:जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोको होटल कञ्चनजंघा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरि कानुनी कारबाही गर्न माग गरिएको छ ।
होटल व्यवसायी समिति धरानका सचिव रविन अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै उक्त अपराधिक कार्यको घोर भत्र्सना गर्दै संलग्नहरुको पहिचान खुलेको हुनाले पक्राउ गरि कारबाही गर्न माग गरेका छन् । उक्त घटना जेन्जी समुहको आवरणमा अराजक समुहले घटाएको पनि समितिले जनाएको छ । होटल सञ्चालक मेन्याङ्बो समितिका अध्यक्ष समेत हुन् ।
पर्यटन क्षेत्र देशको आर्थिक मेरुदण्ड र स्थानीय रोजगारीको महत्वपुर्ण आधार भएको तर यस्ता विध्वंसात्मक गतिविधिले व्यवसायी र लगानीकर्ताको मनोबल गिराउने, सम्पुर्ण आर्थिक सामाजिक विकासमा समेत गम्भीर असर पुर्याउने विज्ञप्तीमा उल्लेख छ ।
भिडियोः
