धरान: उधौली पर्वको अवसरमा आजदेखि शुरु भएको पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सवको अवसरमा वृहत साँस्कृतिक र्याली निकालिएको छ ।
किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा छाताचोकदेखि वडा १५ स्थित चुम्लुङ हिमसम्म वृहत साँस्कृतिक र्याली निकालिएको हो । र्यालीमा मौलिक पहिरन र साँस्कृतिक झाँकीसहित सहभागीता रहेको थियो । उत्सव आजदेखि शुरु भएपनि औपचारिक उद्घाटन भने भोली (शुक्रबार) मात्र हुनेछ ।
भिडियो:
वृहत र्याली आयोजना हुनुअघि बिहान चासोक पूजा गर्नुका साथै हाङ्युक्ना सरसफाई र तीनकुनेस्थित सिरिजंगाको सालिकमा माल्यार्पण कार्यक्रम भएको थियो । आज साँझमा भने तङ्सिङ अनुष्ठान गरिने चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले बताए ।
भोली औपचारिक उद्घाटन हुने उत्सवमा साँस्कृतिक कार्यक्रम, केलाङ नाच प्रस्तुती, याक्थुङजन्य खेलहरु पनि आयोजना हुनेछन् । यस्तै, हरेक साँझ कलाकारहरुको साँस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि हुने अध्यक्ष मादेम्बाले जानकारी दिए ।










