धरान: कुलमान घिसिङ संरक्षक रहेको भनिएको उज्यालो नेपाल पार्टीले १ नम्बर प्रदेश तदर्थ समिति र धरान नगर समिति घोषणा गरेको छ । 

धरान १२ स्थित गोर्खा होटलमा प्रदेश स्तरीय भेला आयोजना गर्दै उक्त पार्टीले दुवै समिति घोषणा गरेको हो । भेलामा पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीले समितिका नामहरु घोषणा गरेका थिए । 

प्रदेश तदर्थ समितिको अध्यक्षमा एविराज आङ्देम्बे (पाँचथर) र प्रवत्ताकोरुपमा केदार धिमाल (मोरङ) रहेका छन् । कुल ६६ सदस्यीय प्रदेश तदर्थ समितिमा बाँकी १४ जिल्लाबाट सदस्यहरु राखिएका छन् । 

साथै, प्रदेश समितिको ११ सदस्यीय सल्लाहकार समिति पनि घोषणा गरिएको थियो । सल्लाहकार समितिमा सुनसरीबाट शकुन्तला सुब्बा, झापाबाट भरत श्रेष्ठ, मोरङबाट बाङगाई धिमाल, पाँचथरबाट गणेश चेम्जोङ र टिएन सम्बाहाम्फे, झापाबाटै खबिन थेवे, यलम्बर अगुवा र कालिबहादुर खेवाङ, इलामबाट गंगा साउदेन, लोकबहादुर सिंघक र ताप्लेजुङबाट मोति पालुङ्वा रहेका छन् । 

नगर समितिमा थेवे

उज्यालो नेपाल पार्टीको नगर समितिको संयोजकमा अमित थेवे र सहसंयोजकमा मुना राई रहेको घोषणा गरिएको छ । थेवे सहित्यकार एवं लेखक पनि हुन् । 

सहसंयोजक राई यसअघि श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको श्रम अभियानमा सक्रियरुपमा लागेकी श्रम अभियन्ता हुन् । धरान १६ स्थित याक्खा छुम्मा भवनमा श्रम सँस्कृति पार्टीको नगर कमिटी घोषणा हुँदा उनको नाम सहसचिवमा घोषणा भएको थियो । 

ujyalo1

तर, उनले उक्त पद अस्वीकार गर्दै उक्त पार्टीबाट र श्रम अभियानबाट आफुलाई अलग गरेकी थिइन् । पछिल्लो समय श्रम सँस्कृति पार्टीसँग विमति राख्दै आएकी राई अन्ततः कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा औपचारिकरुपमा प्रवेश गरेकी छिन् ।

विधान अनुसार कुल ७५ सदस्यीय समिति रहेकोमा उक्त भेलाबाट ५१ सदस्यीय समिति घोषणा गरिएको थियो । समितिको सदस्य सचिवमा ललित जिम्बा तामाङ रहेका छन् भने सदस्यहरुमा शिव आङ्देम्बे, शान्ति तामाङ, अच्युत राई, नविन श्रेष्ठ, गोपाल विश्वकर्मा, निशा तामाङ, अच्युत पराजुली, पिआर कुरुङ्बाङ, दिपकला लिम्बु, गुरुप्रसाद दाहाल, इन्द्र बिक, ध्यानबहादुर तामाङ, दिलबहादुर गोले तामाङ, सुरेश साउदेन, जितबहादुर तामाङ, सुर्यबहादुर तामाङ, अनिल वाइवा तामाङ, मोहन थोक्लेन, साजन चेम्जोङ, हरि सम्योक, प्रकाश लिम्बु, लेसार लामा, रेशम निङ्लेखु, केदार नेपाली, सुनिता लिम्बु रहेका छन् । 

ujyalo2

यस्तै, चन्द्र तेम्बे, नविन लावती, बन्टी अग्रवाल, लक्ष्मी गोले तामाङ, प्रदिप थावेन, घनेन्द्र लावती, आशा तामाङ, सृर्जना बेघा, रिता तामाङ, राजकुमार तामाङ, चित्रा लावती, केहेरमान लावती, बेदन लावती, विमल मास्के, नविन पोमो, पृथ्वी तामाङ, वसन्ती तामाङ, राममाया लिम्बु, गंगा लावती, सोनी राई, पुष्पा तुम्सा रहेका छन् । यस्तै, सल्लाहकारमा लाइनबहादुर लावती रहेका छन् । केन्द्रीय सदस्य जेन्टल लावतीका अनुसार नगर समितिको विस्तार एवं घोषणा पछि पुनः वृहत भेला आयोजना गरेर हुनेछ । 

भिडियो:

भिडियो:

भिडियो: