धरान: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता जगन्नाथ खतिवडाले श्रम सँस्कृति पार्टीले देशभरमा एउटा पनि सिट नजित्ने दाबी गर्दै हर्क साम्पाङ भित्ते प्रधानमन्त्री मात्रै हुने टिप्पणी गरेका छन् । 

आइतबार धरानमा नेकपाको चुनावी सभालाई प्रमुख वक्ताकोरुपमा सम्बोधन गर्दै नेता खतिवडाले सुनसरी १ मा पनि आफ्नो पार्टीका उम्मेद्वार सुर्यबहादुर भट्टराई (मनोज)ले चुनाव जित्ने दाबी गरे । ‘केही मित्रहरु धरान आएपछि देखे एक्लै प्रधानमन्त्री हुन्छु भनेर लागिरहनुभएको रहेछ । सम्झे, भित्तामा त प्रधानमन्त्री जति हुन पाइन्छ, भित्ते प्रधानमन्त्री । भित्तामा त जत्रो फोटो बनाएपनि भो, जति बोले पनि भो,’ खतिवडाले साम्पाङको नाम नलिइकनै भने,‘देशभरि एकसिट पनि जित्न नसक्ने प्रधानमन्त्री कहाँ हुन्छ होला ? यहाँको एक सिट सुर्यबहादुर भट्टराईले जित्ने, अन्त कही जित्ने ठाउँ नै छैन ।’

nekapa1

उनले भित्ता भित्तामा धेरै व्यक्तिहरु प्रधानमन्त्री हुने र मनको लड्डु घिउसँग खान दिन नेकपाका नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गरे । ‘तर यो देशलाई भोलीको नेतृत्व नेकपाले गर्नेछ, नेकपाले आफुलाई पुर्णरुपमा नविकरण गर्छ, जनतासँग गल्तीहरुको महशुस गर्दे परिवर्तनको नयाँ आभास दिनको लागि नयाँ पार्टी तारा चिह्न लिएर आएको छ,’ उनले थपे,‘अबको संकल्प नेकपा हो, अबको देशको भविष्य नेकपा हो, जोसँग समाजवादको उद्देश्य जोडिएको छ ।’

'रास्वपा साम्राज्यवादको नयाँ एजेण्ट'

jagannath

नेता खतिवडाले नेपालमा देशभक्त कम्युनिष्टहरुको शक्ति बढ्दै गएको विश्व साम्राज्यवादले नयाँ एजेण्ट खोजिगरिरहेको र रास्वपाको उदय भएको गम्भीर आरोप पनि लगाए । कम्युनिष्टहरु वलियो हुँदासम्म आफ्नो साम्राज्य विस्तार गर्न नपाउने तथा जनताले जोगाएको जल, जमिन, जंगल, खनिज, नदीनाला विदेशीको पाउमा चढाउन नपाउने भएपछि पुराना एजेण्टहरुबाट काम हुन नसकेकोले नयाँ एजेन्ट खोजेको नेता खतिवडाको भनाई थियो । 

‘पुँजीवादीहरुले बषौंदेखि कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत गर्न षडयन्त्र गरिरहेका थिए, भर्खर उनीहरुले नयाँ एजेण्टहरु प्राप्त गरेका छन्,’ खतिवडाले भने,‘बजारमा हंगमा छ, निलो रंगका थुप्रै मानिसहरु हिडेको देख्नुहोला । पुजीवादले खोजेको नयाँ एजेण्टकोरुपमा मित्रहरुले काम गरिरहेका छन् ।’

nekapa

रास्वपा वरिष्ठ नेता बालेनको नाम नलिई खतिवडाले आमजनताले उनलाई लुसिफरको संज्ञा दिएको पनि बताए । ‘कस्ले लुसिफरको पगरी पाएको छ ? सबै जाली, किर्ते, ठगी बेइमानी, त्यहीभित्रका व्यक्तिहरुले सबैभन्दा ठुलो अपारदर्शिता, आर्थिक चलेखेल र भ्रष्टचार भएको छ भनेर पार्टी परित्याग गरिरहेका छन्,’ उनले भने,‘त्यसैले लहडमा होइन, भेलमा होइन, साम्राज्यवादको षडयन्त्रलाई चिनेर देश जोगाउनको निम्ति जनता जाग्नुपर्ने बेला छ ।’

 'धरानलाई पुर्नजिवन दिलाउन मनोजको उम्मेद्वारी'

manoj bhattrai

नेकपा नेता खतिवडाले धरानलाई बाहिरबाट सुन्दा र हेर्दा राम्रो देखिएपनि यहाँको भोगाई, वास्तविकता भने फरक रहेको पनि बताए । यहाँका निवर्तमान प्रमुखले कोदालो, बेल्चा चलाएर धरान बनाएको जस्तो लागेपनि यहाँ आएर हेर्दा कुरुप पक्ष थाह पाइने उनले बताए । 

धरान वीरहरुको सहर, चेतनाको उद्गमस्थलकोरुपमा विगतमा परिचित भएको र अझै धेरै प्रगतिपथमा जानुपर्नेमा अहिले थुप्रै प्रश्नहरुको घेरामा रहेको पनि उनले बताए । ‘अब धरानलाई पुर्नजिवन दिन आवश्यक छ, त्यसैको लागि नेकपाबाट मनोज भट्टराईको उम्मेद्वारी हो,’उनले भने । 

भिडियो:

भिडियो: