धरान: नेपाली कांग्रेस देउवा समूहको सुनसरी जिल्ला सभापतिमा सन्दीप श्रेष्ठ चयन भएका छन् ।

आज धरानमा सम्पन्न नेपाली कांग्रेस देउवा समुहको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत सभापतिमा चयन भएका हुन् । उपसभापतिमा श्यामकृष्ण ढकाल, सचिवमा कुमार राय र सहसचिवमा रोशन खड्का चयन भएका छन् । अन्य कार्यसमिति सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन् ।

20261118_195521

त्यस्तै, सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा गणेश सुब्बा सर्वसम्मत निर्वाचित भएका छन् भने क्षेत्र नम्बर २ मा डम्बर बस्नेत, क्षेत्र नम्बर ३ मा हिरालाल चौधरी र क्षेत्र नम्बर ४ मा राजेन्द्रप्रसाद मेहता सर्वसम्मत रूपमा चयन भएका छन्।

20261118_195449

नवनिर्वाचित सभापति श्रेष्ठले केन्द्रको निर्देशन अनुसार सगठन विस्तार गर्ने प्रतिक्रिया दिएका छन् । आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै देउवा समुहको जिल्ला अधिवेशन भएको हो ।