धरान : धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबले काँकडभिट्टा महिला फुटबल क्लब माथि ८–० को फराकिलो गोलअन्तरले हराएको छ । 

धरान १६ स्थित रंगशालामा भएको खेलमा पुलिसको लागी खेलाडी रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै एक्लै ६ गोल गरिन् । रेखाले दोहोरो ह्याट्रिक गर्ने क्रममा खेलको पहिलो हाफको २७ औँ, ३८ औँ, ४४ औँ, ४६ औँ र दोस्रो हाफको २० औ र ३२ औ मिनेटमा गोल गरिन् । 

Messenger_creation_3766F048-AADE-4A99-9425-EA18EB063586

यस्तै, सम्झना लावती र मीना देउवाले पनि एक एक गोल गरेको थिइन् । आजको खेलको  प्लेयर अफ दी म्याच नेपाल पुलिसकी रेखा पौडेल घोषित हुँदै नगद १० हजार प्राप्त गरिन ।

जितसङ्गै पुलिस सेमीफाइनल प्रवेश गरेको छ भने सेमिफाइनल समीकरण पनि पूरा भएको छ । पुलिसले मंसिर ३ गते आयोजक स्वर्णिम क्लबसङ्ग सेमीफाइनल खेल्नेछ भने त्यसअघि मंसिर २ गते बुधबार बिभागीय टोलि एपिएफ र त्रिभुवन आर्मी क्लब काठमाडौका बिच हुनेछ ।